
काठमाण्डौं महानगरपालिकाको उम्मेदवारहरुले काठमाण्डौं वनाउने भनेर भोट मागिरहेछन । हिलोकाण्डू, धूलोमाण्डू, ढलमाण्डू र फोहरमाण्डू जस्ता नाम दिएर सवै समस्या समाधान गर्छु भन्दैछन । स्वच्छ हराभरा वनाउने भन्दैछन । काठमाण्डौं वनाउने भन्नेहरु धेरैले काठमाण्डौंवासीहरुको पीर मर्का नै नवुझेको हामीले देखि सकेका छौ, भोगी सकेका छौ । अष्ट व्यष्ट जथाभावि शहरिकरण, सडक चौडा गर्ने निंहुँमा वस्तिका वस्ति उठिवास गरेर सडकभा ल्याएर तमासा गरेका छन ।
वनाउने निर्माण गर्ने भन्नेहरुले काठमाण्डौमा भत्काउने अनि अझ धैरै संख्यामा वाहिरवाट काठमाण्डौ भित्राएर अझ धेरै जन चाप वढाउने अनि अझ फेरी निर्भाणको नाममा भत्काउने कामहरु गर्नेछन । हामीले भोट दिदा काठमाण्डौ वनाउने भन्दै भत्काएर अझ धैर जनसंख्या वढाउने अनि वातावरण दूषित वनाउनेहरुलाई नभएर काठमाण्डौवासीको पीर मर्का वुझ्न सक्ने काठमाण्डौ मात्र नभएर सवै गाउँ ठाउमा सन्तुलित विकास चाहिन्छ भन्ने सोच राख्ने विचारका दलवाट उम्मेदवारी दिएका व्यक्तिहरुलाई भोट दिएर जिताउनु पर्छ ।
स्वच्छ हराभरा काठमाण्डौ वनाउन अव काठमाण्डौ केन्द्रित परियोजना मात्र भएर संभव छैन विकास गाउ घर सम्म पुराउनु पर्छ । आफ्नो गाउ ठाउ आफैले वनाउँ भन्नेहरूलाई जिताउनु पर्छ । यो विर्सेर काठमाण्डौ मात्रै भन्ने अवसरवादिहरुलाई चिन्नु पर्छ । काठमाण्डौको समस्या नेवार त्यो पनि नेवार भाषा संस्कृतिसंग राम्रो संग परिचित व्यक्तिले भन्दा अरुले राम्रो संग वुझ्न सक्दैन । यसलाई जातियको खोल ओढाउने प्रयास गर्ला तर यो जातिय नभएर सवैको लागि कल्याणकारी छ ।
pmds shrestha को फेसबुकबाट
Facebook Comments