Loading...
नेपालमा र्बल्ड पार्लियमेन्टको शाखा बिस्तार हुने

काठमाडौं-बैशाख १६ । नेपालमा र्बल्ड पार्लियमेन्टको शाखा बिस्तार हुने भएको छ । आर्थिक स्वतन्त्रताको नारा सहित बिश्वका एक दर्जन भन्दा बढी देशमा शाखा रहेको पार्लिमेन्टको नेपाल शाखा गठन हुने पार्लिमेन्टका संस्थापक बरिष्ठ भारतीय पत्रकार अजय कुमारले जानकारी दिनुभएकोे छ ।

भारतमा यस बर्ष मात्र करिब दश हजार युवालाई पाँच करोडको लगानी सहित स्वरोजगार र ब्यबसायमा लगाउने योजना रहेको यस संस्थाले नेपालमा पनि त्यस्तै प्रकारको कार्यक्रम सञ्चालन गर्न प्रेरित गर्ने कुमारले जानकारी दिनुभएको छ ।

आर्थिक स्वतन्त्रता र स्वाबलम्बनको नारा सहित स्थापना भएको यस संस्थाको नेपाल शाखा गठन हुन लागिएको र संस्थामा आबद्ध भई आर्थिक स्वतन्त्रता र स्वाबलम्बी आर्थिक ब्यबस्था निर्माणमा भुमिका निर्बाह गर्न नेपालका आम युबाहरुलाई कुमारले आग्रह समेत गर्नुभएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *