Loading...
बालक निश्चल पाण्डेयका हत्याका दोषीले पाए सजाय 
सुरेन्द्र सिंह
महोत्तरी, १६ वैशाख । जलेश्वर नगरपालिका वडाँ नः  १२ भिट्ठामोड मलिवाराका ११ वर्षिय वालक क्युट भनिने निश्चल पाण्डेयको हत्यामा तिनजनालाई जिल्ला अदालत महोत्तरीले दोषी ठहर गर्दै जन्म कैद तथा जरिवानाको फैसला सुनाएको छ ।महोत्तरी जिल्ला अदालतले वैशाख १५ गते बालक हत्यामा संलग्न जलेश्वर १ का २८ वर्षीय पप्पु यादव र जलेश्वर ६ का २१ वर्षीय गोविन्द कुमार मिश्रलाई जन्म कैदको फैसला सुनाएकाृे छ ।
त्यस्तै जलेश्वर ८ का २५ वर्षीय शिवम चौधरीलाई ११ वर्ष कैद सहित पचास हजार जरिवानाको फैसला सुनाएको छ । सोहि हत्यामा संलग्न भनिएका दुईजना आरोपीहरु जलेश्वर १२ का २८ वर्षीय सरोज पाण्डेय र ३२ वर्षीय संजिव मिश्रले सफाई पाएका छन् । पिडित परिवार भन्छन अधुरो न्याय पाए । जिल्ला अदालतका ३ नं न्यायाधिश अनिल कुमार शर्माको इजलासले फैसला सुनाएकोमा पिडित पक्षले पाँचैजनाले मिलेर हत्या गरेको सम्पूर्ण प्रमाणहरु अदालतमा प्रस्तुत गर्दा समेत दुईजनाले सफाई पाएकोमा आफुहरुको चित नबुझेको र पुर्ण न्यायको लागि उच्च अदालत पुनरावेदनमा जाने बताए ।
मृतक बालकका वुवा नबिन पाण्डेले न्यायालयमाथी आफ्नो पूर्ण भरोसा भएपनि सवुत प्रमाण पर्याप्त हुँदा हुँदै दुईजनाले उनमुक्ती कसरी पायो भन्नेमा आफुलाई चित नबुझेको बताए । यसरी भएको थियो हत्या ः मिति २०७२ पुस ३० गते साँझ ६ बजेको समयमा जलेश्वर नगरपालीका वडा नं। १२ स्थित भिट्ठामोडबाट घर आउने क्रममा बालक निश्चल कुमार पाण्डेको अपहरण गरिएको थियो ।बच्चा अवेर रातीसम्म घर नफर्केकोमा मृतक बालकका वुवाले जिल्ला प्रहरी कार्यालयमहोत्तरीमा वच्चा खोजतलास गरि पाउ भनि निवेदन दिएका थिए । निवेदनको आधारमा तथ्यहरु खोतल्दै जादा बच्चा अपहरणमा परेको आशंका लागेको तत्कालिन प्रहरी उपरिक्षक जनक भटटराईले बताएका थिए । उनले विभिन्न सवुत प्रमाण जुटाउदै जादा दोषीहरुको नाम वाहिर आएको र उनीहरुसंगच अनुसन्धान गर्दा आफुहरुले नै अपहरण गरेको र बच्चा धेरै चिच्या पछि समातिने डरले हत्या गरेको स्विकारेका थिए ।
दोषीहरुले दिएको बयान कै आधारमा जलेश्वर नगरपालीका वडा नं  १३ स्थित खरघारीमा गाडेको थियो । यस घटनाका अभियुक्तहरु जलेश्वर १ का २७ वर्षिय पप्पु यादव,जलेश्वर ६ का २० वर्षिय गोविन्द कुमार मिश्र,जलेश्वर १२ का २७ वर्षिय सरोज पाण्डेय र सोहि ठाउका ३१ वर्षिय संजिव मिश्र र जलेश्वर ८ का शिवम चौधरीलाई जिल्ला अदालतको आदेश बमोजिम पुर्पक्षको लागि २०७२ फागुन ३ गते जलेश्वर कारागार चलान गरिएको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *