
काठमाडौं,वैशाख१६ ओलीको नाकै अगाडि संशोधन विधेयक पारित गराएर छाड्ने प्रचण्डले भनेपछि एमालेले साना दलका सांसदहरुलाई किन्न खोजेको खुलासा भएको छ । यसको खुलासा बिहिबार भएको हो । बिहिबार एमालेले साना दलहरुको बैठक बोलाएको थियो । नौ दल सम्मिलित सो बैठकमा परिवार दलका एकमात्र सांसद एकनाथ ढकाल पनि थिए । तर एकनाथ ढकालले उक्त बैठक बहिस्कार गरे । कारण थियो, उनलाई ओलीले अघिल्लो दिन किन्न खोजेका थिए ।
ढकाल निकट श्रोतका अनुसार, साना दलहरुलाई आफ्नो पक्षमा पार्न केपी ओलीले पैसा अफर गरेका थिए । “एकजना व्यापारीमार्फत ओलीले ८० लाख दिने प्रस्ताव गरे” श्रोतल भन्यो, “चुनावमा खर्च लाग्ला, तपाई सत्तामा पनि हुनुहुन्न, गारो परेको होला भनेर दिन खोजेको भनेर ती व्यापारीले ओलीको नाम नलिई चन्दा दिन खोजे । तर यसरी एकाएक व्यापारीले किन चन्दा दिन खोजेको भनेर कुरा गरेपछि तपाई मन्त्री बन्नुपर्यो तर त्यसका लागि यो सरकारमा सम्भव हुँदैन, एमालेको सरकार बनाउन सहयोग गर्ने अपेक्षा छ भनेर ती व्यापारीले भनेपछि ढकालजीले साता लिनुभयो ।” श्रोतका अनुसार, ८० लाखमा आफूलाई ओलीले किन्न खोजेको भन्दै ढकाल रिसाएका थिए ।
आफूले सिद्दान्तको राजनीति गरेको, एक सिट हुँदैमा त्यो रण्डीजस्तो हुने होइन भन्दै ढकाल रिसाएका थिए । ढकाल यसअघि मन्त्री प िनबनेका थिए । एमालेले अरु दलका सांसदहरुलाई समेत किन्न खोजेको छ । आफूभित्रका मधेसी सांसदलाई एमालेले ठूलै रकम दिएको खुलको छ । केही महिना अघि मधेस केन्द्रीत एमाले सांसदहरुले तराईमा एउटा गोप्य भेला गरेपछि ओलीले उनीहरुलाई बोलाएर खर्चपर्च भन्दै १५ १५ लाख रुपैयाँ दिएका थिए । उता राष्ट्रिय जनमोर्चालाई समेत ओलीले चुनावमा सहयोग गरौंला, सके तालमेल गरौंला राष्ट्रिय चुनावमा पनि तपाईका लागि बाग्लुङ, प्यूठान र अर्घाखाँचीमा सीट छोडिदिउँला भनेका छन् ।
sansarpati बाट
Facebook Comments