Loading...
थाहा पाउनुहोस , प्रधानन्यायधीश शुशिला कार्की माथि महाअभियोग प्रस्ताब दर्ता गर्ने मुख्य कारण के थियो ?

काठमाडौं- बैशाख १८ । प्रधानन्यायधीश शुशिला कार्की माथि संसदमा महाअभियोग प्रस्ताब दर्ता सँगै उनी निलम्बनमा परेका छन । उनलाई अनेकन आरोप लगाईएको छ । मुख्य गरी सरकारको अधिकार क्षेत्रमाथि अनाबश्यक हस्तक्षेप र न्यायपालिकालाई गुटबन्दी गरेको आरोप उनी माथि छ ।

अनेकन आरोप कार्की माथि लगाए पनि प्रमुख कारण भने नबराज सिलवाल र गोपाल पराजुली रहेको खुलेको छ । कार्कीले न्यायपालिकालाई आफ्नो अनुकुल जसरी पनि डिआईजी नवराज सिलवाललाई प्रहरी महानिरिक्षिक बनाउने र न्यायधीश गोपाल पराजुलीलाई कुने पनि हालतमा प्रधानन्याधीश बन्न नदिने खेलमा लागेकोले बाध्य भएर कांग्रेस र माओबादी केन्द्रका सांसदहरुले महाअभियोग लगार्ईएको खुल्न आएको छ ।

कार्कीले यस्तो कदम चाल्ने र कार्यपालिकाको सम्पुर्ण अधिकार माथि नै चुनौती थपिने आशंकाका बीच उनी माथि महाअभियोग प्रस्ताब दर्ता गरिएको स्रोतले बताएको छ । कार्कीले एमाले अध्यक्ष केपी ओलीको योजनामा पराजुलीलाई समाप्त र सिलवाललाई नियुक्ति गर्ने बुझिए पछि सरकारबादी दलका सांसदहरुले बाध्य भई दलीय अस्तित्वको लागि यो निर्णय लिन परेको एक नेताले बताएका छन ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *