Loading...
कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाह माथि लगाए गम्भीर आरोप

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा पूर्वराजा ज्ञानेन्द्र शाहसँग चिढिएका छन् । र असन्तुष्ट हुँदै अध्यक्ष थापाले शाहमाथि केही गम्भीर आरोप समेत गराएका छन् । राप्रपा संसदीय दलको आइतबारको बैठकमा पार्टी अध्यक्ष थापाले पार्टीभित्र पूर्वराजा शाहले चलखेल गरेको टिप्पणी गरेका हुन् । ‘जसका लागि भन्दै हामी हिँड्यौं, उतैबाट पार्टीमाथि यो घात भएको छ । राजसंस्था भनेको पूर्वराजा ज्ञानेन्द्र होइन, यसमा हामी सबै प्रष्ट हुन जरुरी छ,’ थापाको भनाइ उद्धृत गर्दै एक सांसद्ले भने, ‘राप्रपा विभाजन गर्न सांसद्हरुलाई भड्काउन लागेका छन् । यो हामीलाई मान्य छैन ।’

राप्रपाले मान्यताका लागि राजसंस्थाको पक्षमा आवाज उठाएको तर कोही व्यक्तिको स्वार्थका लागि होइन भन्दै थापाले पूर्वराजाको आलोचना गरेका थिए । बैठकमा केही सांसद्ले पूर्वराजा ज्ञानेन्द्रका सहयोगीहरु सागर तिमिल्सिना, डा. फणिराज पाठक, पशुपतिभक्त महर्जनले चलखेल गरेको भन्दै आक्रोस पोखेका थिए । स्रोतका अनुसार सांसद् तथा पूर्वमन्त्री रामकुमार सुब्बा, विराज विष्ट र रेशम लामामाथि कारबाहीका लागि राप्रपाले प्रक्रिया अघि बढाउने तयारी गरेको आजको नयाँ पत्रिका दैनिकले लेखेको छ ।

NO COMMENTS

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *