Loading...
बीएण्डबी अस्पतालमा उपचाररत सिलवाल अस्पताल बाटै किन भागे ?

काठमाडौँ, बैशाख १८– कार्यसम्पादन मूल्यांकन फाइल (कामसु) किर्ते गरेको अभियोग लागेका डिआइजी नवराज सिलवाल उपचाररत अस्पतालबाटै वेपत्ता भएका छन् । आइजीपी नियुक्ति प्रकरणमा सिलवालले कामसु किर्ते गरेको भनि छानबिन भइरहेको सन्दर्भमा प्रेसरको बिरामी भएको भन्दै एक सातायता ललितपुरको ग्वार्कोस्थित बीएण्डबी अस्पतालमा उपचाररत सिलवाल आइतबार साँझदेखि एकाएक वेपत्ता भएका हुन् ।

प्रहरी स्रोतका अनुसार सिलवाल निवासमा छैनन् भने रातभर बालकुमारीस्थित निवासमा प्रहरी परिचालन गरिएको छ । तर, सोमबार बिहानसम्म सिलवाल घरमा नपुगेको प्रहरी स्रोतले बतायो । सिलवाल आइतबार साँझ अस्पतालबाट वेपत्ता भएको खबरसँगै प्रहरी हेडक्र्वाटरले महानगरीय प्रहरी परिसर ललितपुरलाई उनको निगरानी गर्न निर्देशन दिएको थियो । सो लगत्तै महानगरीय प्रहरी परिसर बृत्त सातदोबाटोका डिएसपी रामेश्वर यादवको नेतृत्वमा उनको खोजी सुरु भएको थियो । सिलवाल सम्भावित ठाउँमा समेत नभेटिएपछि ‘वाच’का लागि उनको निवास परिसरमा प्रहरी परिचान गरिएको र उनी घर नफर्किएको प्रहरी स्रोतले बतायो ।

यसबारे बुझ्दा महानगरीय प्रहरी बृत्त सातदोबाटोका डिएसपी यादवले सिलवाल अहिलेसम्म सम्पर्कमा नआएको जानकारी दिँदै उनी निवासमा पनि नभएको बताए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *