Loading...
भारत सरकारदवारा नेपाल सरकारलाइ आठ करोड ९१ लाख ७० हजार बराबरको सवारीसाधन सहयोग

काठमाडौं, १८ बैशाख । छिमेकी मित्रराष्ट्र भारतले स्थानीय तह निर्वाचन परियोजनका लागि करिब रु. ९ करोड रुपैयाँ बराबरको सवारीसाधनहरु निर्वाचन आयोगलाइ सहयोग गरेको छ । निर्वाचन आयोगको कार्यालयमा आज आयोजित एक समारोहका बीच भारतीय राजदूत मञ्जीभ सिंह पुरीले निर्वाचन आयोगका प्रमुख आयुक्त डा. अयोधिप्रसाद यादवलाई सवारीसाधनहरु हस्तान्तरण गरेका छन् ।

समारोहमा सम्बोधन गर्दै राजदूत पुरीले नेपाल सरकारले निर्वाचनका लागि भारत सरकारसँग सवारीसाधन सहयोगका लागि गरेको आग्रह अनुसार नै भारत सरकारले सवारीसाधनहरु सहयोग गरेको बताउनु भएको थियो । उनले भारतले जहिले पनि नेपालको समृद्धि र उन्नति चाहेको र आउदो दिनहरुमा समेत सहयोग गर्न तत्पर रहेको समेत बताउनु भएको थियो । गत साता नेपाल र भारतका प्रधानमन्त्रीबीच भएको टेलिफोन सम्वादको आधारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनका लागि सवारीसाधन सहयोग गर्न आग्रह गरेका थिए । स्थानीय तह निर्वाचनका लागि भारत सरकारले ठूलो बस, ७ वटा स्कोर्पियो जीप, ४ वटा कार, एउटा एक्स युभी कार, एउटा मिनिबस, एउटा माइक्रोबस, ३० वटा पल्सर मोटरसाइकल र ७ वटा स्कूटर सहयोग गरेको भारतीय राजदूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । यी सवारीहरुको मूल्य रु. आठ करोड ९१ लाख ७० हजार रहेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *