
काठमाडौं, वैशाख१९ संघीय समाजवादी फोरमका अध्यक्षउपेन्द्र यादवले मधेश केन्द्रित सबै दलहरुले निर्वाचनमा भाग लिने बताएका छन् ।अध्यक्ष यादवले मधेशमा मात्रै रहेका केही दलले दोस्रो चरणको निर्वाचनमा भाग लिन पनिउनले स्पष्ट गरे ।
काठमाडौं महानगरपालिकाका मेयर र उपमेयरकोउम्मेदवार दर्ता गराउन मंगलबार राष्ट्रियसभागृह पुगेका यादवले संचारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिँदै निर्वाचनमा मधेश केन्द्रित सबै दलले भाग लिन स्पष्ट पारे । उनले मधेशी मोर्चामा आवद्ध दल र आफूहरुले नेतृत्व गरेको संघीय गठबन्धन दलले मिलेर आफूहरुको अधिकार प्राप्तीको आन्दोलनलाई सफल बनाई छोडने घोषणा गरे । मधेशी मोर्चामा र संघीय गठबन्धनबीचको सहकार्य झनै बलियो भएर गएको पनि उनको भनाई थियो । अध्यक्ष यादवले संविधान संशोधन प्रस्ताव पारित हुने दावी पनि गरे ।
ratopati बाट
Facebook Comments