Loading...
राजा संग सोल्टी होटेलमा खाना खानेले संघीयता र मधेशीको अधिकारको बारेमा हामीलाई सिकाउने – उपेन्द्र यादव

काठमाडौँ। सङ्घीय समाजवादी फोरम, नेपालले दोस्रो चरणको स्थानीय तह निर्वाचन प्रक्रिया अघि बढाउनु अघि नै संविधान संशोधन गर्नुपर्ने माग गरेको छ ।

फोरमले आज पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष उपेन्द्र यादवले सरकारले दुई चरणको निर्वाचनका बीचमा संविधान संशोधन गर्ने प्रतिबद्धता जनाएकाले पहिलो चरणको निर्वाचन प्रक्रियामा भाग लिएको जानकारी गराउनुभयो ।

“सबै जातजातिलाई समानता र सामाजिक न्याय नभएसम्म दलले उठाएका मुद्दा छोड्दैन, मधेसी मोर्चाको औचित्य भविष्यमा पनि निरन्तर रहिरहनेमा हाम्रो दल दृढ छ, केही दलले मोर्चाको औपचारिक बैठक समेत नबसी औचित्य समाप्त भयो भन्नु दुःखद् छ, मोर्चाको औचित्य छैन भन्ने आफैँ समाप्त हुन्छ” – उहाँले भन्नुभयो ।

उहाले राजा संग सोल्टी होटेलमा खाना खानेले संघीयता र मधेशीको अधिकारको बारेमा फोरम नेपाल लाइ सिकाउनु इनार को भ्यागुता ले संसार को कुरा गर्नु जस्तै भएको समेत बताउनु भएको थियो ।

मोर्चाको बैठक समेत नबसी केही दलले सरकारलाई गरेको समर्थनप्रति पनि नेता यादवले प्रश्न गर्नुभएको छ । प्रधानन्यायाधीशविरुद्ध ल्याइएको महाअभियोग प्रस्तावले लोकतन्त्र र न्यायिक स्वतन्त्रतामाथि आक्रमण गरेको दाबीसमेत उहाँले गर्नुभयो ।

मोर्चामा कृत्रिम विवाद सिर्जना गरेर प्रतिगामी शक्तिलाई सहयोग पु¥याउन खोजिएको नेता यादवको भनाइ थियो ।

NO COMMENTS

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *