Loading...
कुकर्ममा संलग्न गोबिन्द केसीको अनसनको के अर्थ ?

काठमाडौं-बैशाख २१ । समग्र स्वास्थ्य क्षेत्रको सुधारको माग राख्दै पटक पटक अनसन बसेका गोबिन्द केसीले पुन अनसन बस्ने चेतावनी दिएका छन । यस पटक भने उनको अनसन स्वास्थ्य नभई न्याय क्षेत्र परेको छ । नेपाली कांग्रेस र माओबादी केन्द्रका सांसदहरुले प्रधानन्यायधीश शुशिला कार्कीको बिरुद्धमा दर्ता गराएको महाअभियोग प्रस्ताव फिर्ता नलिए अनसन बस्ने केसीको चेतावनी सँगै सरकार र सत्तारुढ दलका सांसदहरु उनी सँग डराउन थालेका छन ।

महाअभियोग दर्ता कर्ता दलका एक सांसदले केसीको खेतीपाती अनसन भएको तर यदी उनी अनसन बसिहाले महाअभियोग प्रस्ताव फिर्ता लिन सरकार बाध्य हुने जिकिर गरेका छन । केसीले समग्र स्वास्थ्य क्षेत्रको सुधारको माग राख्दै अनसन बसे पनि स्वयम अनसनरत र कार्यरत त्रिबि शिक्षण अस्पताल भित्रै भयंकर बेथिति रहेकोले केसीको अनसनले केही फरक नपर्ने अर्का सांसदले बताएका छन । उनले भने, गोबिन्द केसीको अनसन सबै नाटक हो हामीलाई राम्रोसँग थाहा छ केसी कुनै दुधले धोएको ब्यक्ति होइन उनकै मिलेमतोमा शिक्षण अस्पतालभित्रै ठुलो आर्थिक चलखेल हुन्छ ।

गोबिन्द केसीको अनसन प्रति इंगित गर्दे उनले भने, शिक्षण अस्पतालकै बरिष्ठ चिकित्सकहरु त्यहाँ आएका बिरामीलाई निजि अस्पतालमा बोलाउदै लुट्ने गरेको खबर आएकै छ त्यति मात्र होइन केसी समेतको संलग्नता छ भन्ने खबर आएको छ त्यस्तो कुकर्ममा संलग्न केसीको अनसनको के अर्थ ?

केसीले माओबादी र कांग्रेसले स्वतन्त्र न्यायपलिका माथि हस्तक्षेप गरेको भन्दै अनसन बस्ने चेतावनी दिए सँगै सरकार महाअभियोग प्रस्ताव फिर्ता लिने मानसिकतामा पुग्न सक्ने केसीका निकट रहेकाहरुले बताएका छन ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *