
सरोज खिलाडी
सुशीला कार्कीविरुद्ध संसदमा दर्ता भएको महाभियोगको विषयलाई लिएर बिबाद भएपछी टाढिएका कांग्रेस सभापति शेरबहादुर देउवा र गृहमन्त्री विमलेन्द्र निधिबीच एक घण्टा लामो कुराकानी भएको छ। बुधबार साँझ पार्टी कार्यालयमा सभापति देउवा र निधिबीच पच्छिल्ला राजनीति अबस्था को बारेमा लगभग एक घण्टा कुरा भएको एक बताएका छन् ।
‘निधि र देउवा को भेटमा आपसमा देखिएको विवाद र असमझदारी हटाउने र लामो समयदेखि दुई जनाबीच कायम सहयात्रालाई बलियो बनाएर लैजाने सहमति भएको छ,’ ती नेताले भनेका छन् -, ‘आज साँझको भेट पछि दुबै नेताबीच ‘मन माझामाझ’ भएको छ’। ति नेताका अनुशार दुवै जना एक अर्काको कमि कमजोरीका बारेमा कुरा कानी गरेका हुन्.। गृहमन्त्री निधिले सरकार गठन देखि नै राम्रो काम गरेको भन्दै कांग्रेश सभापति देउवाले गृहमन्त्रीलाइ फेरि फर्कन आग्रह गरेका छन् भने निधि पनि सकारात्मक रहेका छन् ।
Facebook Comments