
बिष्णु घिमिरे
चितवन, जिल्ला प्रहरी कार्यालय चितवनले ठूलो परिमाणमा लागुपदार्थ चरेस बरामद गरेको छ । ना ४ ख ७६३० नम्बरको ट्रकबाट आज बिहान १० बजेको समयमा नारायणगढको लायन्सचोकबाट १२६ केजी चरेस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाले बताए ।
ट्रकको पछाडि ढालामा थोत्रा बोरामा राखेर धादिङको आदमघाटबाट लोड गरी काठमाडौँ पुगेर पुनःफर्किएर चितवन आउने क्रममा नारायणगढमा ट्रक नियन्त्रणमा लिइएको थापाले बताए । ट्रक चालक वीरगञ्जका मजार मुसुर र ट्रकमै यात्रा गरेका अजयकुमार रायलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
ट्रक चालकले ५० हजार भाडा पाउने भएपछि सामान ढुवानी गरेको जनाएको थापाले बताए । उक्त चरेस पाँच÷पाँच सय ग्रामका दुई सय ५३ वटा प्याकेट बनाएर ल्याइएको थियो । यसअघि पनि प्रहरीले धादिङबाटै ल्याउने क्रममा चितवनबाट एक सय किलो चरेस नियन्त्रणमा लिएको जनाएको छ
Facebook Comments