Loading...
जुन पार्टीको झन्डा विदेशीको जस्तो, पार्टीको नाम विदेशीको जस्तो, ज्ञानेन्द्र शाहको भोज खाने,दूतावासबाट महिनावारी तलबभत्ता बुझ्नेले मधेशी जनतालाइ भ्रममा पार्दैछन्

महेश चौरसिया

जुन पार्टीको झन्डा विदेशीको जस्तो, पार्टीको नाम विदेशीको जस्तो, ज्ञानेन्द्र शाहको भोज खाने, दूतावासबाट महिनावारी तलबभत्ता बुझ्ने, आन्दोलनभन्दा बैठक कोठामा रमाउने, थ्रेसहोल्डको डर र मालिकको आदेशमा लहरै लाईनमा उभिएर एकता गर्ने, शिखण्डी र दलालहरुको झुण्ड परिचालन गरी अरुलाई बद्नाम गराउने राजपा जस्तो बहुरंगी भगवा पार्टीले उपेन्द्र यादवमाथि मधेशको मुद्दा छाडेको वाहियात आरोप कुन नैतिकताको आधारमा लगाउन सकेको होला ? भ्रम र जिहालत गर्न मारिह राजपा पक्षधरले उपेन्द्र यादवलाई अझ राष्ट्र, राष्ट्रियता, मधेश सवाल र अधिकारको पाठ नसिकाए हुन्छ ।
………………………………………
चुनाव र सरकारमा जान राजपा आफै आतूर छ, तर पहाडी क्षेत्रमा उनीहरुको पहुँच छ, न उम्मेदबार, न मतदाता, अनि कसरी उम्मेदबारी देओस् राजपाले ? मधेशका जिल्लाहरुका लागि निर्वाचन कार्यालयमा दल दर्ता गराएर बसेको राजपाले हेर्दै जाऊ दोस्रो चरणको चुनावमा ऊ सबभन्दा पहिले उम्मेदबारी दिनेछ । संशोधन प्रक्रिया बढेसँगै चुनावमा जानेगरी सरकरसँग सहमति गर्ने राजपा नेता नै हुन् । अनि चुनावमा गयो भनेर अरुलाई आरोप लगाउने ?
………………………………………
राप्रपाका १० जना सांसद गायब नभएको भए अस्ति नै संशोधन पास भइसक्थ्यो, ज्ञानेन्द्र शाह, केपी ओली र प्रतिगमनकारी शक्तिले षड्यन्त्र नगरेको भए । संविधान संशोधन प्रस्ताव संसदमा दर्ता भइसकेको छ । त्यो ढिलो चाडो पास हुन्छ नै । चुनाव एउटा प्राविधिक पक्ष हो, यसको अर्थ कसैले मुद्दा छाडेको होइन । उपेन्द्र यादवको संघर्ष, राजनीतिक जीवन, योगदान, उनले उठाएको राष्ट्रिय मुद्दा र निष्ठामाथि कसैले शंका गर्नु भनेको मधेशी, आदिवासी जनजाति लगायत उत्पीडित समुदायको अधिकारमाथि प्रहार गर्नु हो ।
………………………………………
कोही भ्रममा नपरे हुन्छ, संविधान संशोधन, चुनाव र संघर्ष एकैसाथ जारी छ । राजपालाई सुझाव, संघर्षको एउटै रथमा सवार योद्धाहरु विचलित हुनु हुन्न । अरुलाई बद्नाम गर्नु त झन् निन्दनिय छ । जनता परिपक्व छन्, कसैले उचालेर स्वार्थसिद्ध हुँदैन । सहकार्य गर्नुपर्नेमा आफ्नो कमजोरी ढाकछोप गर्न कसैका विरुद्ध नियोजित रुपले आरोप प्रत्यारोपमा उत्रिनु भनेको अधिकारको मुद्दालाई झन् कमजोर बनाउनु हो, यो यथार्थलाई राजपाले जतिसके चाडै बुझ्दा राम्रो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *