Loading...
गृहमन्त्रीमा फिरे पछि जनकपुरमा के भने निधिले ?

धनुषा- बैशाख २२/ किरण कर्ण । बालहठपनाकै कारण नेपाली कांग्रेसका केन्द्रिय सदस्य विमलेन्द्र निधिले आफैले लिखित रुपमा दिएको राजिनामा फिर्ता लिएपछि जनकपुर आएका गृहमन्त्री समेत रहेका निधि कार्यकर्ता भेटघाटमै व्यस्त छन् ।
नजदिकिदो स्थानीय निकायको निर्वाचनको कारण अहिले नेपाली कांग्रेस धनुषा भित्र विभिन्न गुटउपगुटहरु एक ढिक्का नभएका हार सुनिश्चित देखेपछि अहिले देखि नै पार्टी भित्र रहेको मनमुटाव, तित्तता, सत्रुपना र विभिन्न गुट उपगुटहरु चुनावसम्मको लागि थाती राखि अगाडी बढ्ने भएको छ ।

पत्रकार सम्मेलनमा के के भने गृहमन्त्री निधिले ?

उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले गरेको आग्रहका कारण आफूले गृहमन्त्री पदबाट दिएको राजिनामा फिर्ता लिएको बताएका छन् । बिहिबार जानकी नवमी उत्सवमा सहभागी हुन जनकपुरमा आएका गृहमन्त्री निधिले प्रधानन्यायधीश सुशीला कार्की विरुद्धमा महाअभियोगको प्रस्तावमा असहमति भएको कारण र सो प्रस्ताव गृहमन्त्रालयको नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) प्रकरणसंग सम्बन्धित भएकोले आफूले नैतिकताको आधारमा राजीनामा दिएको थिए स्पष्टोक्ति दिए । तर, आफुले दिएको राजीनामा पछि पार्टी भित्र गम्भीर छलफल भएको र प्रधानमन्त्रीसंग पनि बुधबार भएको छलफल पछि राजीनामा फिर्ता लिनु परेको उनले बताए ।

मधेसको मुद्दा सम्बोधन, संविधान संशोधन र स्थानीय तहको निर्वाचनको लागि राष्ट्रिय जिम्मेवारीको भूमिका निर्वाह गर्नुपर्ने दायित्वलाई बुझेर राजीनामा फिर्ता लिएको बताउदैँ गृहमन्त्री निधीले भने । उनले भने आफ्नो राजीनामापछि मधेसवादी दलका नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो लगायतका दलहरुले आफूलाई समर्थन गरेको थियो । संविधान संशोधन, निर्वाचन र मधेसका जनताको अधिकार तथा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको कार्यान्वयनको अगाडी आफूले अन्य सबै मुद्दाहरु थाती राखेर अघि बढेको निधिले बताए ।

गृहमन्त्री निधिले जानकी मन्दिरमा हुने जानकी जन्म महोत्सवमा सहभागी भई अहिले जनकपुर उद्योग वाणिज्य संघमा कार्यकर्ता भेटघाट तथा स्थानीय निकायको निर्वाचनको लागि उम्मेदवार छनौटको विषयमा टुंगो लगाउने भएको छ भने पारिवारीक भेटघाट तथा शुक्रबार सार्वजनिक कार्यक्रममा सहभागि भई फर्किने कार्यक्रम रहेको उनी निकट स्रोतले जनाएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *