Loading...
महोत्तरीमा ८ वर्षिया बालिका मृत अवस्थामा भेटियो 
सुरेन्द्र सिंह , महोत्तरी,२२ वैशाख ।
हिजो महोत्तरीको सोनमा गाँउपालिकामा एक वालिकाको शव पोखरीमा तैरिरहेको अवस्थामा फेला परेको छ । विहीवार एकाविहानै साविकका सुन्दरपुर गाविस वाड नं. ४ का विनोद रामको ८ बर्षिया छोरी चंचला राम मृत अवस्थामा पोखरीमा फेला परेकि हुन ।
गाँउभन्दा ५०० मिटरको दुरीमा रहेको स्थानिय गोवद्र्धन रायको पोखरीमा सो वालिकाको शव तैरिरहेको अवस्थामा फेला परेको प्रहरले बताए । बुधवार दिनभरि हराईरहेकोमा परिवारका सदस्यहरुले खोजतलास गरिरहदा विहिवार पोखरीमा मृत अवस्थामा फेला परेपछि घटनावारे प्रहरीलाई जानकारी गराईएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले बताए । नुहाउन गएको वेला डुवेर मृत्यु भएको हुन सक्ने स्थानियको आशंका छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *