Loading...
राजेन्द्र महतोलाइ खुला पत्र

रिता झा , जनकपुर

आदरणीय नेता राजेन्द्र महतोज्यु , तपाईले स्थानिय तहको निर्वाचनमा भाग लिनु भएन । त्यो त ठिकै हो तर जो संग मिलेर मोर्चा बनाएर आन्दोलन गर्नु भयो तही ब्यक्तिको बारेमा वा भनौ मधेश बिरोधि भावना फैलाउनमा ब्यस्त हुनु पकै पनि राम्रो कुरा होइन । संघिय गठबन्धन संग वा मोर्चाको मिटिङ्ग नै नबोलाई मोर्चा भंग गर्ने निर्णय गर्नु र मोर्चा भंग गर्नु भनेको समस्त मधेशी जनतालाई र स्वंग मोर्चा लाइ ढोका दिनु हो । तर्क बितर्क थियो भने मोर्चाको बैठकमा गर्नु पर्थियो न कि मोर्चा भंग । तपाइँको पार्टी निर्वाचनमा भाग लिने मुख्य मधेश को १०-१२ जिल्लामा मात्र हो आखिर तपाईको पार्टी चुनाबमा जान्छ नै त्यो पनि ठिकै हो तर भोट तान्नलाइ आफनै मोर्चामा आबद्ध दलको बारेमा ना ना थरि बोलेर मधेशी जनतालाइ धोका दिनु मधेशी जनता प्रतिको बिस्वासघात हो । कांग्रेश एमाले माओबादिको भोट तान्न तिर लागनुस मधेशी भएर मधेशी कै खुट्टा नकाट्नुस ।
मधेशी जनताले त्यहि मधेशी मोर्चाको लागि आफ्नो ज्यान दिए । त्यहि मोर्चा ले नाकाबन्दी गर्दा समस्त देश बाशीले दुख भोगे तर अहिले आफनै मोर्चाको बारेमा ना ना थरि बोल्नु भनेको जनतालाई मूर्ख बनाउने काम बाहेक केही होइन । निर्दोष मधेसीहरुले मधेसका जनताको हक र अधिकार प्रप्त गर्न शहादत प्राप्त गरेका हुन् । चुनावका लागि टाउकोमा गोली खाएका होइनन् । तपाईंहरुले नै भनेअनुसार संविधान पुनर्लेखनका लागि आफ्ना ज्यान दिए । ती घाइतेहरु तपाईंहरुकै आह्वान अनुसार प्रदर्शनमा उत्रेका थिए । घाइते भए, तपाईंलाई थौरै पनि लाज लाग्नुपर्ने हो । न कुनै सहमति नकुनै सम्झौता, अनि सिधा मोर्चा भंग गरिदिने ? के हो यो जनतासँग खेलवाड हाइन ?

तपाईहरुको कुनै औचित थिएन आन्दोलन गर्ने , भिजन थिएन आन्दोलन गर्ने , अनि त्यहि फोरम नेपाल को २०६३-२०६४ को आन्दोलन पछि पछाडी पछाडी दौडेर आन्दोलनमा आएको होइन ? पहिला पनि आन्दोलन गर्दा तपाइँले एकीकरण गर्नु भएको कतिपय दलहरु छुटै आन्दोलन गरिरहेको थियो उनिहरुसंग तपाइँले एकिकरण गर्न सक्नु भयो तर फोरम नेपाल संग एकीकरण गर्न सक्नु भएन कि भारतले मानेन ? फोरम नेपाल संग यति डाह किन ? त्यो ठूलो पार्टि हुदा तपाइँको टाउको दुखाइ किन?

आन्दोलन चल्दा पनि तपाइँ काठमाडौँ आउदिन भन्नु भएकै हो फेरि दिल्लीबाट सिधा काठमाडौँ कसरि आउनु भो त ? जे जस्तो भएपनि मोर्चा राख्नु पर्थियो तर तपाइहरुले भंग गर्नु भयो यो के हो त ? अब तपाईं नै भन्नुस्, केपी ओली ‘क्रूर’ कि विजय गच्छदार ‘गद्दार’ कि तपाईं राजेन्द्र महतो ‘महाधोखेवाज’ ?

मधेसका नाममा आएका प्रायः सबै नेता स्वार्थी नै छन् । त्यसमध्ये तपाईंलाई अलिक इमानदार नेता मन्थेँ, तर तपाईं त स्वार्थी के महास्वार्थी निस्किनुभयो। राजेन्द्र सर , तपाईलाइ थाहा छ तपाइको नाम अरु नेता भन्दा पहाडि समुदाय ले अलि आक्रोशित भएर लिने गरेका छन् किन भने तपाइँ मधेशीको बारेमा वा मधेशीको मुद्धा मा अलि कडा नै हुनुहुन्छ। अझ पनि समय छ एक अर्का को बारेमा खुट्टा तान्न छाडेर मिलेर जेठ ३१ गते मिलेर चुनाब लड़नुस ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *