
मूलधारका भनिएका केही शासक प्रवृत्तिका दलहरुले मधेसको बलियो राजनीतिक हैसियतलाई गलाउन शक्ति एकीकृत पारेर मधेस विरुद्ध लागेको देखियो । शक्तिको विरुद्ध पो शक्ति लाग्छ, शून्यमा कसैले बल लगाउदैन् । नेपाली काँग्रेस, नेकपा एमाले र माओवाद्री केन्द्रजस्ता पार्टीले संबिधान निर्माण प्रक्रियादेखि हालसम्म शून्यको बिरुद्ध शक्ति लगाएका होइनन्, एउटा शक्तिको बिरुद्ध बल लगाएका हुन् ।संबिधानको आत्माको लोकतान्त्रिकरण नीहित रहेको चरणबद्ध मधेस आन्दोलनले के दियो वा दिएन भन्ने प्रश्नबीच कम्तिमा यसले देश र मधेसका राजनीतिको पुरानो सबै समिकरणलाई भत्काएर नयाँतिर डोर्याएको यथार्थ बेहिचक भन्न सकिन्छ । आन्तरिक उपनिवेश चरित्रको ब्यवहारको प्रतिस्थापन र स्वाधिकारको उत्प्रेरणा पनि कायम गरेको छ । मधेस मुद्दाको स्थापना यस स्तरमा बसालेको छ, जसलाई नजरअन्दाज गरी देशको राजनीति अगाडी बढ्न सक्दैन्। मधेस पक्षधर दलहरुको भूमिकालाई मुल्यांकन नगरी राजनीतिक बिश्लेषण अपूरो ठहरिने छ । अहिले संघीय समाजवादी फोरम नेपाल, ६ वटा दल मिलेर बनेको राष्ट्रिय जनता पार्टी (राजपा) रमधेशमा पहिलेदेखि भोट बिर्ता कायम गर्दै आएका दलहरुको भूमिका र आउँदा तीन तहका निर्वाचनले कायम गर्ने उनीहरुको हैसियतबारे राजनीतिक चर्चाहरु केन्द्रीत छन् ।ताजा अवस्थामा के देखिएको छ भने फोरम नेपाल विरुद्ध अरु सबै राजनीतिक दलहरु, उनीहरुका समर्थकका मीडिया तथा नागरिक क्षेत्रका मानिसहरुले खुलेर निशाना लगाई रहेका छन् । फोरम बिरुद्ध ओकलिलएको तर्क–कुतर्कले विद्युतीय सामाजिक संजालहरुको भित्ता भरिभराउ छ । विभिन्न उद्देश्य र शैलीका अनलाइनहरुमा पनि फोरम लक्षित सामग्रीहरु बढेका छन् । अचानक फोरमसंगसबैले सींगजुधाई गर्न खोजिरहेका छन् ।आखिर ‘फोरम भर्सेज अल’को अवस्था किन आयो ? जवाफ सजिलै खोज्न सकिन्छ ।पहिलेदेखि संगठन, जनाधार र राजनीतिक दबदबा रहेको फोरमले मधेशमा प्रभावशाली किसिमले आफूलाई बिस्तार र विकास गर्दै लगेको छ । राजनीतिको मूलधारमा आउन खोज्ने सामाजका प्रभावशाली र महत्वपु्र्ण ब्यक्तिहरुको पहिलो रोजाई फोरम नेपाल बन्न पुगेको छ । ६ दल एकत्रित हुँदा पनि फोरमलाई एकतिर राखेर मात्र राजपाको शक्ति आँकलन गरिँदैछ । यसले गर्दा एकतिर मधेशमा भोटविर्ता राख्दै आएको काँग्रेस, यसको पुरानो अंशियार एमाले र नयाँ अंशियार माओवादीले आफ्नोविर्ता खोसिएको महसुस गर्दैछन् । अर्कोतिर राजपालाई हैसियत स्थापनाको चुनौति बढेको छ । उता जनजाति शक्तिलाई र पश्चिमको खसलाई समेत समेटेर अगाडि बढेको फोरमको दख्खल पहाडमा पनि रहने अशंकाले उसलाई सुनियोजित ढंगले निशाना बनाइएको छ ।राजपामा महन्थ ठाकुरजस्ता अनुभवी र आधा दर्जनभन्दा बढी अरु नेताहरु छन् । भविष्यका लागि सबैको राजनीतिक हैसियत आगामी चुनावहरुले तय गर्ने छन् । उसो तपहिलेदेखि नै मधेसका दलहरुमा एकीकरणको प्रयास हँुदै आए पनि थ्रेसहोल्डको प्राविधिक दबावले सम्भवबनाई दिएपछि आ–आफ्ना दललाई एउटै संयुक्त पार्टी बनाएर मैदानमा उत्रिएको बेला ति नेताहरुको संयुक्त रब्यक्तिगत राजनीतिक हैसियतकोे सवाल उनीहरुका लागि कम गम्भीर छैन । यस्तोमा मुख्य प्रतिस्पर्धी फोरम निशानामा पर्नु स्वभाविक हो ।मधेसले अधिकार र राज्यको शक्तिमा बराबरको साझेदारी र सहकार्य खोज्दैछ ।यस्तोमा यहाँका राजनीतिक दलहरुमा स्वस्थ्य प्रतिस्पवर्धाको आपेक्षा भने आम समुदायको छ । त्यस्तै राष्ट्रिय राजनीतिमा हस्तक्षेप गर्नेक्षेत्रीय शक्तिहरुको सशक्तिकरण पनि अबको नेपालको ऐतिहासिक राजनीतिक आवश्यक्ता हो । मधेशी, आदिवासी जनजाति, दलित, महिला, मुश्लिम लगायतको अधिकारकालागि संघीय समाजवादी फोरम नेपाल सँधै झैँ इमान्दार छ, प्रतिबद्ध छ । यसमा कसैले शंका नगरे हुन्छ । बाकी सुनियोजित ढंगले चलाईका निराधार हल्ला र झूठा प्रचारबाजीले फोरम नेपाललाई कुनै फरक पर्दैन ।(लेखक यादव संघीय समाजवादी फोरम नेपाल पर्साका जिल्ला अध्यक्ष हुन्)
Facebook Comments