Loading...
‘फोरम नेपाल भर्सेज–अल’

प्रदीप यादव
बिरगंज,बैशाख २३ ।मुल प्रवाहका साशक दलहरुले देशमा मधेसको बलियो राजनीतिक हैसियतलाई गलाउन शक्ति एकिकृत पारेर मधेस विरुद्ध लागेको देखियो । शक्तिको विरुद्ध पो शक्ति लाग्छ, शुन्यमा कसैले बल लगाउदैन् ।नेपाली काँग्रेस, नेकपा एमाले र माओवाद्री केन्द्रजस्ता पार्टीले संबिधान निर्माण प्रक्रियादेखी हालसम्म शुन्यको बिरद्ध शक्ति लगाएका होइनन्, एउटा शक्तिको बिरुद्ध बल लगाएका हुन् ।
संबिधानको आत्माको लोकतान्त्रिकरण निहित रहेको चरणबद्ध मधेस आन्दोलनले के दियो वा दिएन भन्ने प्रश्नबिच कमसे कम यसले देश र मधेसका राजनीतिको पुरानो सबै समिकरणलाई भत्काएर नयाँतिर डोर्याएको बेहिचक भन्न सकिन्छ । आन्तरिक उपनिवेस चरित्रको ब्यवहारको प्रतिस्थापन र स्वाधिकारको उत्प्रेरणा पनि कायम गरेको छ । मधेस मुद्दाको स्थापना यस स्तरमा बसालेको छ जसलाई नजरअन्दाज गरी देशको राजनीति अगाडी बढ्न सक्दैन् । र, मधेस पक्षधर दलहरुको भुमिकालाई मुल्यांकन नगरी राजनीतिक बिश्लेषण अपुरो ठहरिने छ । अहिले संघीय समाजवादी फोरम नेपाल, ६ वटा दल मिलेर बनेको राष्ट्रिय जनता पार्टी (राजपा) र मधेशमा पहिलेदेखी भोट बिर्ता कायम गर्दै आएका दलहरुको भुमिका र आउदा तीन तहका निर्वाचनले कायम गर्ने उनीहरुको हैसियतबारे राजनीकि चर्चाहरु केन्द्रीत छन् ।
ताजा अवस्थामा के देखिएको छ भने फोरम नेपाल विरुद्ध अरु सबै राजनीतिक दलहरु, उनीहरुका समर्थकका मिडिया तथा नागरिक क्षेत्रका मानिसहरुले खुलेर निशाना लगाइ रहेका छन् । फोरम बिरुद्ध ओक्लिएको तर्क–कुतर्कले विद्युतीय सामाजिक संजालहरुको भित्ता भरीभराउ छन् । बिभिन्न उदेश्य र शैलीका अनलाईनहरुमा पनि फोरम लक्षित सामग्रीहरु बढेका छन् । आचानक फोरमसंग सबैले सिंघजुधाई गर्न खोजीरहेका छन् । आखिर ‘फोरम भर्सेज अल’को अवस्था किना आयो ?
जवाफ सजिलै खोज्न सकिन्छ । पहिलेदेखी संगठन, जनाधार र राजनीतिक दबदबा रहेको फोरमले मधेशमा प्रभावशाली किसिमले आफुलाई बिस्तार र विकास गर्दै लगेको छ । राजनीतिको मुलधारमा आउन खोज्ने सामाजका प्रभावशाली र महत्वपु्र्ण ब्उक्तिहरुको पहिलो रोजाई बन्न पुगेको फोरम नेपाल । ६ दल एकत्रित हुँदा पनि फोरमलाई एकतिर राखेर मात्र राजपाको शक्ति आँकलन गरिदैछ । यसले गर्दा एकतिर मधेशमा भोटविर्ता राख्दै आएको काँग्रेस, यसको पुरानो अन्सिंयार एमाले र नयाँ अन्सियार माओवादीले आफ्नो विर्ता खोसिएको महसुस गर्दैछन् । अर्कोतिर राजपालाई हैसियत स्थापनाको चुनौति बढेको छ । उता जनजाती शक्तिलाई र पश्चिमको खसलाई समेत समेटेर अगाडी बढेको फोरमको दखल पहाडमा पनि रह्ने अशंकाले उसलई निशानामा पुर्याएको छ ।
राजपामा महन्थ ठाकुरजस्ता अनुभवी र आधादर्जनभन्दा बढी अरु नेताहरु छन् । भविश्यका लागि सबैको राजनीतिक हैसियत आगामी चुनावहरुले तय गर्ने छन । उसो त पहिलेदेखी नै मधेसका दलहरुमा एकिकरणको प्रयास हुदै आएका पनि थ्रेसहोल्डको प्राविधिक दबावले सम्भव बनाई दिएपछि आ–आफ्ना दललाई एउटै संयुक्त पार्टी बनाएर मैदानमा उत्रिएको बेला ति नेताहरुको संयुक्त र ब्यक्तिगत राजनीतिक हैसियतकोे सवाल कम गम्भीर छैन उनीहरुका लागि । यस्तोमा मुख्य प्रतिस्पर्धी फोरम निशानामा पर्नु स्वभाविक हो । मधेसलाई अधिकार र राज्यको शक्तिमा बराबरको साझेदारी र सहकार्य खोज्दैछ । यस्तोमा यहाँका राजनीतिक दलहरुमा स्वस्थ्य प्रतिस्पवर्धाको आपेक्षा भने आम समुदायको छ । त्यसतै राष्ट्रिय राजनीतिमा हस्तक्षेप गर्ने क्षेत्रीय शक्तिहरुको सशक्तिकरण पनि अबको नेपालको ऐतिहासिक राजनीतिक आवश्यक्त हो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *