Loading...
अरुलाई भोट हाल्यौं पटक पटक,  मसाल चिन्हमा भोट हालौं यस पटक  पोखरा लेखनाथ महानगरपालिकाको मेयर पदका सक्षम उम्मेदवार हुमबहादुर गुरुङको संक्षिप्त परिचय :

तमुवान संयुक्त संघर्ष समिति संयोजक, तमु धिं नेपालका द्धितिय उपाध्यक्ष एवं प्रचार विभाग प्रमुख, संघीय समाजवादी फोरमका केन्द्रीय प्रचार विभागका सदस्य, कास्की आवाज राष्ट्रिय दैनिकका सम्पादक, रेडियो अन्नपुर्ण ९३.४ मेगाहर्ज न्युज डेक्स कोअर्डिनेटर, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) कास्कीका निर्वतमान अध्यक्ष तथा वर्तमान सल्लाहकार, तमु संचारकर्मी संघ नेपालका संस्थापक संयोजक तथा वर्तमान सल्लाहकार, नेपाल पत्रकार महासंघ कास्कीका पुर्व कार्यसमिति सदस्य, नेपाल पत्रकार महासंघ कास्कीको भवन निर्माण समितिका तत्कालिन आर्थिक संयोजक, पर्वत मिलन समाज पोखराका संस्थापक सदस्य, चारभञ्ज्याङ तमु समाज पोखराका संस्थापक सदस्य तथा वर्तमान सल्लाहकार, चारभञ्ज्याङ तमु समाज अन्र्तराष्ट्रिय समन्वय समितिका महासचिव, हिमाली साँस्कृतिक परिवारका सल्लाहकार, कल्याण शेरचन स्मृति प्रतिष्ठानका सल्लाहकार, तरेली साँस्कृतिक परिवारका सल्लाहकार, गोर्खा कम्युनिटी पोखराका सल्लाहकार, गोर्खा भुतपुर्व सैनिक संघको आन्दोलन युवा सहसंयोजक, भँगरा सम्पर्क समिति दक्षिण कोरियाका सल्लाहकार तथा अभिभावक संघका संयोजक, तमु साँस्कृतिक प्रतिष्ठान नेपालमा आजीवन सदस्य, मिर्गौला पीडित गितकार संगीतकार सुक गुरुङ उपचार सहयोग समितिका सल्लाहकार, मिर्गौला पीडित विजय परियार बचाउ अभियानका संयोजक, मिर्गौला पीडित स्वर्गीय नर्स भक्ति गुरुङ उपचार समितिको सदस्य भई कार्यगरेको, देशकै सबै भन्दा बढी विद्यार्थी अध्ययन गर्ने पृथ्वीनारायण क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन(२०५१—२०५३) कासचिव, स्वतन्त्र विद्यार्थी युनियन(२०५३—२०५५) का सचिव, तत्कालिन अनेरास्ववियुका केन्द्रीय सदस्य, सचिवालय सदस्य हुदै विभिन्न क्षेत्रको नेतृत्व एवं कार्य अनुभवका साथै तीन दर्जन भन्दा बढी पुरस्कार र सम्मानबाट सम्मानित ।

पर्वत जिल्लाको साविक भँगरा गाविस वडा नं. ७, हाल फेलवास नगरपालिका वडा नं. ९ भँगरामा पुरानो गाँउ भई हाल पोखरा लेखनाथ महानगरपालिका वडा नं. १२ ढिकालेथर भद्रकाली मार्ग निवासी कुरा भन्दा काम गर्ने, अत्यन्तै परिश्रमी, इमान्दार, कर्मठ एम ए(भुगोल, अर्थशास्त्र र समाजशास्त्र), बिएड, एल बी अध्ययन गर्नुभएका बुद्धिजिवी अत्यन्तै अनुशासित, सरल र भद्रताको प्रतिक। पहिचान र अधिकारका अथक योद्धा, संघर्षको प्रतिरुप, सक्षम युवा नेता हुमबहादुर गुरुङलाई मसाल चिन्हमा मतदान गरी पोखरा लेखनाथ महानगरपालिको प्रमुख(मेयर) पदमा विजयी गराउन हार्दिक अनुरोध गर्दछौं ।
पोखरा लेखनाथ महानगरपालिकाको मेयर पदका लागि प्रत्यासी मध्ये सबै भन्दा उर्जाशिल, समृद्ध पोखरा लेखनाथ महानगरपालिका बनाउने इच्छाशक्ति र उम्मेदवार मध्ये सबै भन्दा शैक्षिक योग्यता उच्च रहेका हुमबहादुर गुरुङलाई रोजौं, मसाल चिन्हमा मतदान गरौं ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *