Loading...
महन्थ ठाकुरको नामबाट आएको प्रेस विज्ञप्ति राजनीतिक झूठको खेती, बेइमानी र निन्दनीय काम भएको उपेन्द्र यादवको दाबि

सरोज खिलाडी

                   २४ वैशाख, काठमाडौं ।विभिन्न सञ्चार माध्यमहरुमा सङ्घीय गठबन्धनको नामबाट सम्प्रेषण भएको कथित प्रेस विज्ञप्ति प्रति संघीय समाजबादी फोरम र संघीय गठबन्धन का संयोजक उपेन्द्र यादवको गम्भीर ध्यानाकर्षण भएको छ । उपेन्द्र यादव दवारा जारि बिज्ञप्तिमा सङ्घीय गठबन्धनका संयोजक म स्वयम् रहेको र मेरो सल्लाहमा उक्त दिन कुनै पनि बैठक आयोजना नभएको संयोजक यादव ले उल्लेख गरेका छन् । संयोजक र प्रवक्ता प्रा.डा. ओम गुरुङ लगायत गठबन्धनका अधिकांश बहुमत सदस्यहरुलाई कुनै जानकारी नै नदिई व्यक्तिगत रुपमा आयोजना भएको कथित बैठक सङ्घीय गठबन्धनको बैठक हुनै सक्दैन बिज्ञप्ति मा लेखिएको छ । गठबन्धनको अवधारणा पत्रको मर्म, भावना र आचारसंहिता विपरीत बैठकले संघीय गठबन्धनको बैठकको बैधानिकता प्राप्त गर्नै सक्दैन । त्यसैले, सञ्चारमाध्यममा जे जस्तो समाचारहरु प्रेषित भएका छन्, ती गठबन्धनको आधिकारिक निर्णय नभएर व्यक्तिगत निर्णयहरु मात्र भएको बिज्ञप्तिमा उल्लेख छ ।

महन्थ ठाकुरको नामबाट आएको प्रेस विज्ञप्ति राजनीतिक झूठको खेती, बेइमानी र निन्दनीय काम भएको उपेन्द्र यादवको दाबि रहेको छ । आदिवासी जनजाति, मधेशी, थारु, खस, शिल्पी, मुश्लिम, लगायत सम्पूर्ण उत्पीडित वर्ग र समुदायको हक अधिकारको निम्ति जारी सङ्घर्षलाई सफलतामा पुर्याउन अरु बृहत्तर एकीकृत शक्ति निर्माण गर्नुपर्ने वर्तमान राजनीतिक परिस्थितिमा यसरी घात अन्तर्घात गर्ने कार्य अत्यन्तै लज्जास्पद मात्र नभएर खेदजनक रहेको गठबन्धले जनाएको छ । उत्पीडित वर्ग, जाति र समुदायको मुक्तिको निम्ति हिड्नुपर्ने लामो सङ्घर्षको बाटोमा परिवर्तित राजनीतिक परिस्थिति अनुसार चाल्नुपर्ने सङ्घर्षका विविध रुपहरु हुन्छन् भन्ने कुरामा हामी सबै स्पष्ट छौं । त्यसैले, उत्पीडित नेपाली जनताको मुक्तिको निम्ति क्रियाशील एवम् सङ्घर्षशील पार्टी सङ्घीय समाजवादी फोरम, नेपाल न आत्मसमर्पणवादी पार्टी हो, न उत्पीडित जनताको स्वार्थमाथि घात गर्ने पार्टी हो । यस कुरामा विश्वस्त रहन अपील गर्दै म, सङ्घीय गठबन्धनका सबै घटक सदस्य नेताज्यूहरुलाई उक्त कथित प्रेस विज्ञप्तिको भ्रममा नपरी परिस्थितिको मूल्याङ्कन र हाम्रा आगामी कार्यभारहरु बारे निर्णय गर्न एकीकृत भई छलफलमा रहौं भनी हार्दिक अनुरोध समेत गर्न चाहन्छु । साथै पार्टी पङ्क्तिलाई पनि भ्रमहरुको पर्दाफास गर्दै दृढतापूर्वक क्रियाशील रहन कर्तब्यबोध गराउँदछु । यादव दवारा जारि बिज्ञप्ति मा भनिएको छ

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *