Loading...
संघीय गठबन्धन फुटाउन पछिल्लोेपटक भित्र भित्रै ठुलो षडयन्त्र भएको फोरम र राजपाका नेताहरुद्धारा स्वीकार

काठमाडौं-बैशाख २५ । संघीय गठबन्धन फुट्नको कारणहरुबारे राजपाका नेताहरुको आरोप कम छैन अनेकन आरोप लगाए पनि प्रमुख आरोप भने बाहिर आएको छैन । उपेन्द्र यादबको पहाडी मोह भएको राजपा नेताहरुको आरोेप रहेको छ । साथै एजेण्डा छोडेर मधेसलाई धोका दिएको आरोप पनि उनी माथि लागेको छ ।

राजपा नेताहरुले यी र यस्ता आरोप लगाए पनि उपेन्द्रले भने सबै आरोपको खण्डन गर्दे संघीय गठबन्धनको अध्यक्ष आफु नै रहेको बताएका छन । अनेकन आरोप सतहमा आए पनि संघीय समाजबादी फोरम र राजपा बीच बास्तबिक फाटो भने प्रधानन्याधीश शुशिला कार्कीको महाअभियोग प्रस्ताबबाट प्रारम्भ भएको कसैले स्वीकारेका छैनन तर गुदी कुरा यही बाट सुरु भएको हो ।

प्रधानन्यायधीशको सवालमा फोरम बिरोधमा र राजपा सरकारको पक्षमा उभे पछि इनीहरुको बीचमा बास्तबीक फाटो प्रारम्भ भएको हो । महाअभियोग प्रस्ताबमा उपेन्द्र यादब एमाले कित्तमा उभेपछि राजपा नेताहरुले त्यो सहने कुरै आउदैन थियो फलस्वरुप उपेन्द्रलाई मधेसको मुद्दा छोडेर धोखा दिएको आरोप राजपाका नेताहरुले लगाएका छन् ।

एमालेले पनि उपेन्द्र आफूहरुको गठबन्धनमा सहभागी भएको प्रचार गरेका थिए । उपेन्द्रको यस्तो कृयाकलाप प्रति असन्तुष्ट राजपाका नेताहरुले अन्तत: उपेन्द्रलाई कारबाही गरी महन्थ ठाकुरलाई अध्यक्ष छाने । फोरम र राजपा बीचको सम्बन्ध चिसिनुको शुरुवातको बिन्दू प्रधानन्यायधीश प्रकरण थियो भन्ने तथ्यलाई मधेसबादी नेता र स्वयं मिडियाले पनि ढाकछोप गरेको छ ।

यस्को मुख्य उदेश्य मधेस र उत्पीडित समुदायको आन्दोलनलाई दबाउन र बिभाजित गर्नका निम्ति भित्र भित्रै ठुलो षडयन्त्र लुकेको स्वयं फोरम र राजपाका नेताहरुले पछिल्लोेपटक स्वीकार गर्न थालेका छन ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *