Loading...
७० बर्ष देखि जनतालाइ ढाटिरहेको कांग्रेश -एमालेले अब जनताको चाहना पूरा गर्छ त्यसको के ग्यारेन्टी छ ? – मेयर पदका उम्मेदवार पबित्र बज्राचार्य

सरोज खिलाडी

संघीय समाजवादी फोरम नेपालका मेयर पदका उम्मेदवार पबित्र बज्राचार्यले ७० बर्ष देखि जनतालाइ ढाटिरहेको कांग्रेश -एमालेले अब जनताको चाहना पूरा गर्छ त्यसको के ग्यारेन्टी छ ? भनि प्रश्न गर्नुभएको छ । उहाले स्थानिय निकाय अहिले सम्म कांग्रेश एमाले र माओबादि मिलेर चलाएको र केहि पनि गर्न नसकेको बताउनु भएको छ ? उहाले कांग्रेश एमाले र माओबादिले जनताको लागि भनेर गरेको काम चाहि डोजर चलाउने बाहेक केहि पनि नभएको हुनाले अब जनता सचेत भै सकेको समेत बताउनु भएको छ ।

संघीय समाजवादी फोरम नेपालका मेयर पदका उम्मेदवार पबित्र बज्राचार्यले नाना थरिका सपना देखाएर ठग्ने उमेदवार देखि सतर्क रहन काठमाडौँबासिलाइ सुझाब दिएका छन् । उहाले स्मार्ट शहर र लन्डन , अमेरिका जस्तो शहर बनाउछु भनेर अन्य दलका उमेदवारहरुले घर दैलो कार्यक्रम गरिरहेको हुनाले त्यस्ता उमेदवारलाइ चिन्न र सतर्क रहन समेत काठमाडौँबासिलाइ सुझाब दिएका छन् । उहाले बिस बर्ष देखि कांग्रेश, एमाले र १० बर्ष देखि माओबादिले समेत काठमाडौँ महानगरपालिका संचालन गरिसकेको र बिकाशका नाममा हात लाग्यो सुन्य गरेको हुनाले काठमाडौँबासिलाइ यस पटक आफूलाइ जिताउन अपिल समेत गर्नु भएको छ ।

आज बिहान काठमाडौँ महानगर पालिकादवारा संचालित मेट्रो एफ एम ९४.६ मेघाहर्ज़को कार्यक्रम मन्थनमा पत्रकार सरोज खिलाडीसंग कुरा कानी गर्नु हुदै भन्नु भयो -“हामीले जनता ठग्ने काम गर्दैनौ पहिला त यस एतिहाशिक शहरलाइ धुलो मुक्त, सडक बती , ट्राफिक जाम , पार्किङ्गको ब्यबस्था, बाट बचाउछु त्यसपछि बेरोजगारी समस्या हटाउन पहल गर्छु भने बृद्ध भत्ता लगायतका समस्या समाधान गरेपछि मात्र पूर्वाधार बिकाशमा हात बढाउछु ” । मेट्रो एफएमबाट काठमाडौँबाशीलाइ अपिल गर्दै उहाले आफू १५ बर्ष वडा चलाई सकेको र जनताको भावना बुझेको हुनाले काठमाडौँबासिलाइ आफु र आफ्नो पार्टीलाइ जिताउन समेत अपिल गर्नु भयो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *