Loading...
राष्ट्रपति राजतन्त्र फर्काउने षडयन्त्रमा लागेकोले महाअभियोग लगाउनैपर्ने माओबादी नेता गोपाल किरातीको ठोकुवा

काठमाडौं-बैशाख २५ । अख्तियार प्रमुख, प्रधानन्याधीश पछि राष्ट्रपति माथि महाअभियोग प्रस्ताब लगाउनुपर्ने आवाज सत्तारुढ दलभित्रै उठ्न थालेको छ । माओबादी केन्द्रका हेडक्वाटर सदस्यबाट सार्बजनिक रुपमै राष्ट्रपतिलाई महाअभियोग लगाउनुपर्ने धारणा सार्बजनिक गरेका हुन्  ।

माओबादी नेता गोपाल किरातीले सामाजिक सञ्जाल मार्फत यस्तो अभिब्यक्ति सार्बजनिक भएपछि राष्ट्रपति  महाअभियोग बाट नजोगिने देखिएको छ ।

किरातीले राष्ट्रपति बिद्यादेबी भण्डारी एमालेको कार्यकर्ता भएको आरोप लगाउदै उनी माथि महाअभियोग लगाउनुपर्ने खुलासा गरेका हुन ।

किरातीले राष्ट्रपति भण्डारीले पुर्ब राजा ज्ञानेन्द्रसँग साँठगाँठ गरेको आरोप लगाउदै राजतन्त्र फर्काउने षडयन्त्रमा लागेकोले महाअभियोग लगाउनैपर्ने ठोकुवा गरेका छन ।

नेता किरातीको प्रश्न छ, होइन भने एमालेले गर्न खोजेको के ?

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *