Loading...
उपेन्द्र यादव र अनिल झाको कुरो मिल्यो , दोस्रो चुनाब हुनु भन्दा पहिला संबिधान संशोधन

सरोज खिलाडी

रास्ट्रिय जनता पार्टि ले प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड लाइ भेटेर संबिधान संशोधन को बिषय मा ध्यानाकर्षण गराउने भएको छ । हिजो सोमबार बसेको बैठक ले बैशाख ३१ भन्दा पहिले संबिधान संशोधनको सम्भावना नरहेको ठहर गरेको छ । रास्ट्रिय जनता पार्टिका अध्यक्ष मण्डलका सदस्य अनिल झाका अनुसार जेठ ४ गते भन्दा पहिला संबिधान संशोधन हुने सम्भावना नरहेकोले उपेन्द्र यादवले बोलेको कुरा संग मिलेको छ । यस अघि संघिय समाजबादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले जेठ ३१ गतेको चुनाब भन्दा पहिला नै संबिधान संशोधन हुने बताउनु भएको थियो । तर चुनाबमा सहभागी फोरम नेपाललाई राजपाका नेता तथा कार्यकर्ताले चुनाबमा भाग लियो भनेर नकारात्मक कुराहरु फैलाएका थिए ।
यादवका अनुशार संघिय गठबन्धन र प्रधानमन्त्री प्रचण्ड बिच दोस्रो चुनाब भन्दा पहिले नै संबिधान संशोधन गर्ने सहमति अनुशार संघिय समाजबादी फोरम नेपाल चुनाबमा सहभागी भएका छन् भने दोस्रो चुनाब भन्दा पहिला संबिधान संशोधन नभए दोस्रो चुनाब हुन नदिने उपेन्द्र यादवले बताएका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *