Loading...
राष्ट्रिय प्रजातन्त्र पार्टीका उमेदवारहरुलाइ  साधन र श्रोतको कमि, उमेदवारहरु उत्साहित

काठमाण्डौ । नेकपा एमालेसंग तालमेल गरी उच्च मनोवलका साथ स्थानिय तहको निर्वाचनमा उत्रिएका राष्ट्रिय प्रजातन्त्र पार्टीका उमेदवारहरु साधन र श्रोतको न्युनताबीच पनि उत्साहित देखिएका छन् । विगतका निर्वाचनमा जस्तो ‘प्रतिगामी’ भनेर अन्यायपूर्ण टिप्पणी गर्ने परिपाटीको अन्त्य भएको ठानेको राप्रपाले यस पटकको स्थानिय तहको निर्वाचनमा पार्टीका बहुसंख्यक उमेदवारहरु जित्ने अवस्थामा रहेको बताउँछ । सुदृढ स्थानिय सरकारको माध्यमबाट स्थानिय जनताका विकासको तीव्र आकाक्षालाई पुरा गर्ने लक्ष्य रहेको राप्रपाकाका उमेदवारहरु बताईरहेका छन् ।
राप्रपाले काठमाण्डौं महानगरपालिका र ललितपर महानगरपालिकामा एमालेसंग तालमेल गरिरहेको छ । तालमेल अनुसार काठमाण्डौं महानगरपालिका उपमेयरमा राजाराम श्रेष्ठ र ललितपुर महानगरपालिकामा बाबुकाजी प्रधानलाई उममेयरको उमेदवारबनाएको छ । श्रेष्ठ काठमाण्डौंका पूर्व मेयर हुन भने प्रधान विगतमा जिल्ला विकास समिति ललितपुरको उपसभापति निर्वाचित भईसकेका व्यक्ति हुन । प्रधानले २०७० मा सम्पन्न संविधानसभा निर्वाचनमा ललितपुर क्षेत्र नं ३ बाट उमेदवार बनी १० हजार मत ल्याएका थिए । प्रधान त्यतिखेर आफुले ल्याएको १० हजार मतमा अहिले तालमेलपछि एमाले र अन्य मतदाताबाट आउने मतले आफु सजिलै विजयी बन्ने बताउँछन् । ललितपुरका प्रधानजस्तै काठमाण्डौंका पूर्व मेयर श्रेष्ठ पनि यसपटक जितिने आत्मविश्वास देखाएका छन् । गत संविधानसभाको निर्वाचनमा समानुपातिकमा काठमाण्डौबाट चुनाव चिन्ह ‘गाई’मा १ लाख २५ हजार मत खसेको थियो । त्यतिखेर ‘एक भोट दाईलाई एकभोट गाई’लाई भन्ने नारा स्वतस्फर्त रुपमा लागेको थियो । अहिले जनस्तरमा सोही स्तरको नारा नलागेपनि चुनाव प्रचारका क्रममा टोल टोलमा पुग्दा पाएको स्थानियबासीबाट पाएको स्वागतले राप्रपालाई राजधानीबासीले स्वागत गरिरहेको आफुले विश्वास गरेको श्रेष्ठले बताए ।

दश निर्वाचन श्रेत्र रहेको काठमाडौंमा गत संविधानसभाको राप्रपा नेपालले क्षेत्र नम्बर १ मा समानुपातिक तर्फ ११ हजार १३ र प्रत्यक्ष तर्फ ३ हजार ७ सय, क्षेत्र नं २ मा समानुपातिक तर्फ १५ हजार ५८ र प्रत्यक्ष तर्फ ५ हजार ३सय ८८ क्षेत्र नं ३ मा समानुपातिक तर्फ ८ हजार ३ सय६४ र प्रत्यक्ष १ हजार ८ सय ,क्षेत्र नम्बर ४ मा समानुपातिक तर्फ १३ हजार २३ र प्रत्यक्ष तर्फ ३ हजार २ सय, क्षेत्र नं ५ मा समानुपातिक तर्फ १३ हजा र ९८ र प्रत्यक्ष तर्फ ४ हजार ३ सय मत पाएको थियो ।
त्यस्तै क्षेत्र नम्बर ६ मा समानुपातिक तर्फ ९ हजार ९ सय ९२ र प्रत्यक्ष तर्फ २ हजार ३ सय, क्षेत्र नं ७ मा समानुपातिक तर्फ १०हजार १ सय ४७ र प्रत्यक्ष तर्फ ४ हजार, क्षेत्र नम्बर ८ मा समानुपातिक तर्फ १० हजार ५ सय २१ र प्रत्यक्ष तर्फ ४ हजार ९ सय, क्षेत्र नम्बर ९ मा समानुपातिक तर्फ १२ हजार ३सय ४३ र प्रत्यक्ष तर्फ ४ हजार ४ सय र क्षेत्र नं १० मा समानुपातिक तर्फ ७ हजार ७ सय ५२ र प्रत्यक्ष तफै २ हजार मत पाएको थियो । पार्टी एककिकरण पछि पहिलेको स्थितीमा ठूलो परिवर्तन आएको काठमाण्डौं उपमेयरका प्रत्यसी श्रेष्ठको भनाई छ । उनी भन्छन् –‘मतदाताले यस पटक विगत दुई दशकयताको राजनितिक अवस्थाको विश्लेषण गर्दै मतदान गर्नेस्थिती छ भने दुई राप्रपाको एकीकरण र एमालेसंगको तालमेलका कारण चुनावी परिणाम अप्रत्यासित हुने छ । तालमेलको सकारात्मक असर महानगर वाहिरका नगरपालिकाहरुमा पनि परेको छ ।’
राप्रपाले जनयुद्ध र संक्रमणकाल, १२ बुदे संझौता त्यसयता विकास मात्र नभएको नभई अस्वभाविक रुपमा बाह्य शक्तिहरुको चलखेल बढेको भन्दै मतदाताको ध्यान खिच्ने प्रयत्न गरेको छ । राप्रपाले महानगर वाहिर दक्षिणकाली नगरपालिकाको मेयरमा सुर्दशन पन्त , किर्तिपुर नगरपालिकामा बच्चुराम श्रेष्ठ , शंखरापुरा नगरपालिकाको मेयरमा मिजेन्द्रकाजी श्रेष्ठ, कागेश्वरी मनहरा नगरपालिकाको मेयरमा शंभू बहादुर थापा, बुढानिलकण्ठ नगरपालिकाको मेयरमा सानुकान्छा श्रेष्ठ लाई मेयरको उमेदवार बनाएको छ । शंखरापुराका श्रेष्ठ विकास निर्माण चाहने जनताले आफुहरुलाई मतदान गर्ने बताउँछन् ।
त्यस्तै टोखा नगरपालिकाको मेयरमा रुपा डंगोल ,तारकेश्वर नगरपालिकाको मेयरमा राज कुमार थापा,नागार्जुन नगरपालिकाको मेयरमा उद्धव थापा,चन्दागिरी नगरपालिकाको मेयरमा मदन थापा मगरलाई मेयरको उमेदवार बनाएको छ । गाई निर्वाचन चिन्ह भएकालेले राप्रपालाई अहिलेपनि हिन्दूवादी पार्टीका रुपमा बुझ्ने धेरै छन् । तर राष्ट्रियता, प्रजातन्त्र र आर्थिक उदारवादको धरातलमा सबल र सम्बृद्ध नेपाल निर्माण गर्न स्थानिय तहको भूमिका महत्वपूर्ण हुने भन्दै राप्रपाले प्रत्येक घरमा खानेपानी र बिजुली,प्रत्येक वडामा मोटरबाटो पुर्याई यातायात र संचारको विकास गरी स्थानिय साना जलबिद्युत मार्फत उज्यालो गाउँ र योजनाबद्ध शहरी बिकासमा जोड दिएको छ ।
ललितपुर मागरपालिका उपमेयर उमेदवार प्रधान भन्छन्–‘ हामीले राष्ट्रियस्तरका दीर्घकालीन र स्थानिय एजेण्डा उठाउँदै तालमेल गरेका कारण हामी जित्ने अवस्थामा छौं ।
तर राप्रपा उमेदवारहरु साधन र श्रोतले समस्यामा देखिन्छ छन् । साँसदको निर्वाचनको तुलनामा खर्च बढी भईरहेको प्रधानको भनाई छ ।
नागार्जुन नगरपालिकाको मेयर पदका उमेदवार थापाले साधन र श्रोत कमी नै रहेको भएपनि स्थानियस्तरमा पाएको सवगतले आफुहरु उत्साहित भएकोले खासै असर नपार्ने बताउँछन् । ललितपुरको गोदावरी नगरपालिका गोदावरी नगरपालिका मेयर कृष्ण देसार आफु विजयी भएमा सडकको विकासलाई नै पहिलो प्राथमिकतामा राख्ने, ढुंगा तथा बालुवाखानीलाई मापदण्डभित्र ल्याउने ,गोदावरी, टीकाभैरव, सन्तानेश्वर, तिलेश्वर, मनकामना, वज्रबाराही, कटुवाललगायत धार्मिक क्षेत्रका मठमन्दिरको संरक्षण गर्ने बताउँछन् ।
महालक्ष्मी नगरपालिका राप्रपा उमेदवार आनन्द अधिकारी पार्टीको घोषणापत्र अनुसार नगरहरुलाई सांस्कृतिक र पर्यटकीय नगरका रूपमा विकास गरी लुभु, सानोगाउँ जस्ता ऐतिहासिक नेवारवस्तीहरुको विकास गर्ने बताउँछन् । लाँकुरी भन्ज्याङमा सूर्यास्त हेर्ने ठाउको किास गरी आदिवासी जनजाति बस्ने तामाङ बस्तीलाई जीवित संग्रहालयको विकास गर्ने बताउँछन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *