Loading...
नेपाल साप्ताहिकद्धारा पत्रकार आचारसंहिताको धज्जी उडाएको भन्दै सर्बत्र बिरोध

काठमाण्डौ – बैशाख २६ । नेपाल साप्ताहिकको कभर पेजमा राखिएको तस्विरले पत्रकार आचारसहिंताको धज्जी उडाएको भन्दै सर्बत्र बिरोध हुन थालेको छ । आफुलाई ब्यबसायिक पत्रकारिताको हिमायती ठान्ने कान्तिपुर पब्लिकेशनद्धारा प्रकाशित कभर स्टोरीको तस्बिर प्रयुक्त ‘कलंकका साझेदार’ आलेखले सिंगो पत्रकारिता जगतकै बदनाम गरेको छ ।

यतिबेला उक्त आलेखलाई लिएर सर्बत्र बिरोध हुन थालेको छ । पत्रकार आचारसहिंता र सामान्य नैतिकता समेत भुलेर पित पत्रकारिता शैलीमा पुर्बाग्रहको पराकाष्ठा हुने गरी समाचार सम्प्रेषण गरेकोमा स्वयम् ब्यवसायिक पत्रकार र प्रबुद्ध बर्गले समेत समाचार सम्प्रेषण शैलीको आलोचना गरेका छन । राजनीतिक दलका नेताहरुले भने पटक पटक तुच्छ शैलीमा बिना यथार्थ नेताहरुको कटु आलोचना गरेर पाठकको मन जित्न खोज्ने कान्तिपुर पब्लिकेशनको कलमी अराजकता भएको टिप्पणी गरेका छन ।

कार्यपलिकाको अधिकार माथि सर्बोच्च अदालतले हस्तक्षेप गर्दे पुर्बाग्रह राखेर प्रधानन्याधीश शुशिला कार्कीले प्रहरी महानिरिक्षक प्रकरणमा अनाबश्यक चासो र सक्रियता देखाउदै फैसला गर्न थाले पछि सत्ता साझेदार माओबादी केन्द्र र नेपाली कांग्रेसले संसदमा महाअभियोग प्रस्ताब दर्ता गरेको थियो ।

तर दलहरुको उक्त संबैधानिक अधिकारलाई भ्रम छर्ने गरी नेपाल साप्ताहिकले त्यसलाई कलकंको संज्ञा दिदै प्रधानमन्त्री पुष्प कमल दाहाल र पुर्ब प्रधानमन्त्री एवम कांग्रेस सभापति शेरबहादुर देउवाको तस्बिर प्रकाशित गरेको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *