Loading...
उम्मेदबार होस त यस्तो रेबिना भन्छिन : जित सुनिश्चित छ

काठमाडौं – बैशाख २६ । यतिबेला स्थानीय तहको निर्बाचनमा अधिकांश उपमेयर र उपाध्यक्षका उम्मेदवार महिला रहेका छन । त्यस मध्य कतिपयले नेताको चाकडी, चाप्लुसी गरेर, बिभिन्न प्रभाबमा पारेर तथा नेताको निगाहमा टिकट पाएका छन । त्यस्ता उम्मेदवारहरुले न राजनीतिक आन्दोलनलाई राम्रोसँग बुझेका छन न राजनीतिक नेतृत्व र निर्णय क्षमताको बिकास भएको देखिन्छ । तर केही उम्मेदवारहरु यस्ता पनि छन जसले राजनीतिक बैचारिक क्षमतासँगै सामाजिक काम गरेर जनता सामू उभिएका छन ।

यसै मध्येकी एक शसक्त उम्मेदवार हुन रेबिना डंगोल । डंगोल टोखा नगरपालिकाबाट नेपाल मजदुर किसान पार्टीबाट उपमेयरका उम्मेदवार हुन । समाजशास्त्रमा स्नातक गरी कानुनमा स्नातक अध्ययनरत २७ बर्षिय डंगोल बैचारिक युवा नेतृ मानिन्छिन् । सामाजिक गतिबिधि र नगरपालिकाको सार्बजनिक सम्पत्ति संरक्षणमा सक्रिय डंगोल यति वेला चुनावी प्रचार प्रसारमा व्यस्त छिन् । यति वेला उनको पक्षमा निर्वाचनको माहोल समेत बन्दै गएको छ । स्थानीय र मतदाताले समेत उनलाई निकै रुचाएका छन् ।

घरदैलो अभियानका क्रममा अन्य पार्टीका उमेद्वार पैसा र प्रभाव देखाएर आउँने गरे पनि डंगोलले भने नगरपालिकाको विकासमा र समाजिक सुधार तथा विकृति रोक्ने स्पष्ट खाका लिएर आएको मतदाता बताउछन् । त्यसैले उनको पक्षमा यति वेला निर्वाचनका माहोल समेत बन्दै गएको छ । कांग्रेस एमालेले निर्वाचन जिते भने मुलुकको स्रोत साधन र राज्यका सम्पत्ति दोहन गर्ने हुन तर डंगोल जस्ता शसक्त नेतृले जिते पक्कै हाम्रो नगरपालिकामा विकास र सुधारको काम हुन्छ भन्दै टोखाको टोलटोलमा आज भोली चर्चा चल्न थालेको छ । डंगोलको पक्षमा माहोल बन्दै गए पछि अन्य पार्टीका उमेद्वार समेत उनको लोकप्रियता देखेर तर्सन थालेका छन् ।

उनले निर्बाचन जिते नगरपालिकाको बिकास र सामाजिक सुधारका काम र सरकारी सम्पत्तिको दुरपयोग रोक्ने र भ्रष्टचारको नियन्त्रण गर्ने प्रतिबद्दता जनाएकी छिन । डंगोलले कांग्रेस एमालेका उम्मेदवारले मतदातालाई आर्थिक प्रभाबमा नपार्ने र धाँधली रहित निर्बाचन हुने भने आफ्नो जित सुनिश्चित रहेको दाबी गरेकी छिन ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *