
काठमाडौं- बैशाख २६ । काठमाडौ महानगरपालिका वडा नम्बर ६ का उम्मेदवार दिपेन लामाको पक्षमा चुनाबी माहौल बन्दै गएको छ । नेपाली कांग्रेसका तर्फबाट बडा अध्यक्षका उम्मेदवार बनेका लामा स्थानीय बिकास प्रेमी युवा नेता हुन । बौद्धनाथ स्तुपाको पुनर्निमाण र एतिहासिक सम्पदा संरक्षणमा महत्वपुर्ण भमिका खेलेका लामा सक्रिय सामाजिक अभियान्ता समेत हुन ।
बिकास र सामाजिक काममा कृयाशिल लामाको जित सुनिश्चित रहेको स्थानीय बताउछन । आफुले निर्बाचन जिते समानुपातिक र पारदर्शी बिकासको खाका अपनाउने प्रतिबद्धता जनाएका लामाले बिजय पछि सबैलाई समेटेर अघि बढ्ने बताएका छन ।
बौद्ध क्षेत्रको पर्यटन प्रर्बधन, सडक ढलको ब्यबस्थापन, खेलकुदको बिकास, शैक्षिक सुधारमा योगदान गर्ने भन्दै लामाले आफुलाई मतदान गर्न काठमाडौ महानगरपालिका वडा नम्बर ६ का मतदातालाई आग्रह गरेका छन ।
Facebook Comments