
काठमाडौं- बैशाख २६ । काठमाडौं महानगरपालिकाका मेयरका प्रत्यासी राजुराज जोशीले आफ्नो जित सुनिश्चित भएको बताएका छन । नेपाली कांग्रेसका तर्फबाट मेयरका उम्मेदवार जोशीले आफुले पचास हजारको मतान्तरमा निर्बाचन जित्ने दाबी गरेका छन । जोशीले एमाले र राप्रपाले हारको मानसिकताबाट त्रसित भएर तालमेल गरेको आरोप लगाए ।
काठमाडौं महानगरलाई बिश्वकै उत्कृष्ट शहर बनाउने बताउदै आफुले बिजय हासिल गर्न साथ काठमाडौंलाई धुलो, धुवा र प्रदुषण मुक्त बनाउने घोषणा गरेका छन । पाँच बर्ष भित्र काठमाडौंलाई सुबिधासम्पन्न, आधुनिक र बैज्ञानिक शहर बनाउने आफ्नो योजना रहेको बताउदै जोशीले काठमाडौंको जनताले आफुलाई जिताउने धारणा राखे ।
काठमाडौंको एतिहासिक, सांस्कृतिक, धार्मिक र पर्यटकीय स्थलको संरक्षण सम्बर्धन गर्दे भुकम्पबाट आहत जनताको घर र पुरातात्विक सम्पदाको पुर्ननिर्माण गर्ने बताए । जोशीले आफ्नो नेतृत्वमा काठमाडौंको बिकासको मार्ग खुल्ने पनि बताएका छन् । घरदैलोको क्रममा जनतामा देखेको उत्साहले आफु जितेको सरह भईसकेको अनुभव सुनाएका छन ।
Facebook Comments