Loading...
मृतक तामाङ माओवादी केन्द्र निषेधित क्षेत्र स्वघोषित टाइगर ग्रुपसँग आबद्ध : माओवादी केन्द्र दोलखा

दोलखा – बैसाख २८ । दोलखाको गौरीशङ्कर गाउँपालिका–१ जुँगुमा गएराति नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) का कार्यकर्ताबीच भएको झडपमा एकजनाको मृत्यु भएको छ भने करिब आधा दर्जन घाइते भएका छन् ।  गौरीशङ्कर गाउँपालिका–१ जुँगु दहबारीमा भएको झडपमा ३३ वर्षीय एमाले कार्यकर्ता कुलबहादुर तामाङको ज्यान गएको हो । मृतक तामाङ स्थानीय हुप्पा गाउँ निवासी हुन् ।  झडपका क्रममा गौरीशङ्कर गाउँपालिका–२ घर भएका एमाले कार्यकर्ता दिलबहादुर बुढाथोकी गम्भीर घाइते भएका छन् ।

घाइते बुढाथोकीलाई गएराति नै थप उपचारका लागि काठमाडौँ लगिएको छ । घाइते बुढाथोकी स्थानीय नीलकण्ठेश्वर उच्च माविका शिक्षक पनि हुन् ।  दोहोरो झडपमा परी नेकपा (माओवादी केन्द्र) का तर्फबाट वडाध्यक्षका उम्मेदवार भरत खड्कालगायत कार्यकर्ता घाइते भएका छन् । चुनाव प्रचारका क्रममा गाउँ पुगेका उम्मेदवार खड्का र पूर्वराज्यमन्त्री एवम् माओवादी केन्द्रकी पोलिटब्यूरो सदस्य देवी खड्कालगायतको टोलीलाई ढुङ्गामुढासहित आक्रमण गरिएपछि दोहोरो झडप भएको थियो ।

घटना गएराति करिब साढे ९ बजे भएको हो ।  जुँगुमा केही दिनयता ‘टाइगर गुरुप’को नामबाट स्थानीय मतदाता तथा अन्य राजनीतिक दलका कार्यकर्तालाई धम्की दिने, चुनावी प्रचारको अभियानमा अवरोध गर्ने लगायतका गतिविधि बढेपछि सो समूहसँग आबद्ध व्यक्तिहरुलाई नियन्त्रणमा लिन प्रहरीलाई समेत उजुरी परेको थियो ।  त्यस विषयमा प्रहरीले आवश्यक कारबाही गर्नुअगावै माओवादी केन्द्र र एमालेका कार्यकर्ताबीच ज्यानै जाने गरी झडप भएको हो । मृतक तामाङ टाइगर गुरुपसँग आबद्ध भएको बताइएको छ ।

  के भएको थियो यसअघि ?

एमालेले १०/१५ जनाको टोली लगातार माओवादी केन्द्रका नेता तथा कार्यकर्ताको अभियान टोलीलाई तीन दिनदेखि डिस्टर्व गर्ने र पछ्याउने गरिरहेको माओवादी केन्द्रका जिल्ला नेताले बताए । वैशाख २५ गते माओवादी केन्द्रका सचिवालय सदस्य गंगा कार्की ‘विश्व’  हुप्पामा जाँदा तथानाम गाली गर्ने, धम्क्याउने कार्य उनीहरुले गरेका थिए । विश्वले सम्झाइबुझाइ गरेपछि एकछिन फर्कने र फर्कीफर्की आउने गरेको दोलखा माओवादी केन्द्रले जानकारी दिएको छ ।

  वैशाख २६ गते नीलकण्ठेश्वर उच्च माविमा एमालेले आमसभा गयो । सभासद् पार्वत गुरुङ र आनन्द पोखरेल कार्यक्रममा बोले । कार्यक्रम शान्तिपूर्ण रह्यो । कार्यक्रम सकिए लगत्तै माओवादी केन्द्रका नेता विश्वसहित अन्य नेता तथा कार्यकर्ता बसेको ठाउँमा ‘टाइगर गुरुप’ का टोली आएर धम्क्याउने, माओवादी केन्द्रका लागि निषेधित क्षेत्र भन्ने जस्ता अवाञ्छित अभिव्यक्ति दिने कार्य गरेको माओवादी केन्द्रका एक नेताले बताए ।

स्वस्थ प्रतिस्पर्धात्मक निर्वाचन गरौं, यसमा कसले हार्छ, जित्छ जनताको मतले फैसला गर्ने भएकाले एक अर्काको कार्यक्रम, अभियानमा हस्तक्षेप गर्ने, धम्क्याउने कार्य नगरौं भन्दै विश्वले तिनलाई सम्झाइबुझाइ त्यस दिन पनि फर्काए । मोटर साइकल घुइँघुइँ पार्दै जाने, जनतालाई आतंक पैदा गर्ने कार्य गरिरहे ।

नीलकण्ठेश्वर उच्च माविलाई एमालेले वाहिरबाट लगेका व्यक्तिलाई परेड खेल्ने ठाउँ बनाएको माओवादी केन्द्र दोलखाको आरोप छ ।     २७ गते देवी खड्का माओवादी केन्द्रका उम्मेदवारसँगै हिंडिरहेको बेलामा माओवादी केन्द्रका उमेदवार भरत खड्कामाथि एक्कासी ढुंगा प्रहार भएको जनाइएको छ । सो टिमसँग पिस्तोल भएको र उनीहरुले देवी खड्का लगायतलाई निशाना बनाएर गोली समेत हानेको र राति एकले अर्काेलाई नचिन्दा आफ्नै साथीमाथि गोली लोगेको माओवादी केन्द्र दोलखाको आरोप छ ।  दोहोरो भिडन्तमा सात जना घाइते भएको समाचार छ ।

धरपकड

२७ गते राति भएको घटनालाई लिएर दोलखामा धरपकड भएको छ । विश्वास कार्की, चालक राजु थापा, सुरेश कार्की, फर्सीलाल लगायतलाई पक्राउ गरिएको छ । विश्वास कार्कीलाई २७ गते सामान किन्दाकिन्दै बजारबाट गिरफ्तार गरिएको र अन्यलाई पनि फरकफरक ठाउँबाट गिरफ्तार गरिएको समाचार छ ।

  एमाले आत्तियो 

   दोलखा जिल्लाका सबैजसो ठाउँमा माओवादी केन्द्र र नेपाली कांग्रेसका बीचमा चुनावी तालमेल भएको छ । एमालेको बलियो पकड मानिएको दोलखामा दुई पार्टीको चुनावी तालमेलले आत्तिएको छ । उसले निर्वाचनलाई आफ्नो प्रभावमा पार्न वाहिरबाट समेत मान्छे लगेको र होटेलमा एकै रातमा पचास हजारभन्दा बढीको बिल तिरेर मान्छे पाल्ने गरेको नेका र माके दोलखाका नेताहरुको प्रतिक्रिया रहेको छ ।

चार पाँच दिनदेखि संगठित ढंगले एमालेले मान्छेहरु परिचालित गरेको, माओवादी केन्द्रले त्यस्ता पात्रहरुलाई निगरानीमा राख्न प्रशासनलाई भन्दा पनि आवश्यक कार्वाही समयमा नै नभएकाले दुखदायी दुर्घटना भएको माओवादी केन्द्र दोलखाको भनाइ छ । jhilko.com बाट

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *