Loading...
गफ गर्नेलाई सुनौ काम गर्नेलाई चुनौ यसपालीको मेरो भोट माओबादी केन्द्र लाई

काठमाडौं – बैशाख २८ । स्थानीय तहको निर्बाचन प्रयोजनमा नेकपा माओबादी केन्द्रले प्रचार प्रसारलाई तिब्रता दिएको छ । आज अन्तिम दिन भएकोले माओबादी केन्द्र लगायत अन्य दलले समेत आफ्नो उम्मेदवारको पक्षमा आज घरदैलो, चुनाबी सभालाई तिब्रता दिएको हो । माओबादी केन्द्रको आज चुनाबी सभामा प्रधानमन्त्री पुष्प कमल दाहाल लगायत शिर्ष नेताहरुले बिभिन्न ठाउमा सम्बोधन गर्नुका साथै घरदैलोमा सरिक हुने माओबादी केन्द्रले जनाएको छ ।

आज राती १२ बजे पछि मौन समय शुरु हुने भएकोले आज राजनीतिक दल र उम्मेदबारहरु जोड तोडले लागेका छन । निर्बाचनकै क्रममा मुलुकका बिभिन्न स्थानमा झडप, भिडन्त हुनाको साथै दोल्खामा एक जनाको मृत्यु समेत भइसकेको छ । माओबादी केन्द्रले भने यस पटक चुनाबी तालमेलसँगै आफ्ना उम्मेदवारहरुलाई खरो रुपमा एक नम्बरमा जित हासिल गर्न मैदानमा उतारेका छन ।

माओबादी केन्द्रका अध्यक्ष एवम प्रधानमन्त्री पुष्प कमल दाहालले हिजो काठमाडौंको चुनाबी सभालाई सम्बोधन गर्दे माओबादी केन्द्र परिबर्तनको सम्बाहक पार्टी भएको दाबी गर्दे जनताले भोट दिई एक नम्बर बनाउने बिश्वास ब्यक्त गरेका छन । माओबादी केन्द्रबाट महानगरपलिका, नगरपालिकाका मेयर, उपमेयर, वडाध्यक्ष र वडासदस्यहरु त्यसतै गरी गाउँपलिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र वडासदस्यहरुले पनि चुनाबी अभियानका क्रममा आफुलाई मतदान गरी बिजय बनाउन आहवान गरेका छन ।

गफ गर्नेलाई सुनौ काम गर्नेलाई चुनौ यसपालीको मेरो भोट माओबादी केन्द्र लाई भन्दै माओबादी केन्द्रका उम्मेदवारहरु आ-आफ्नो शैलीमा चुनाबी अभियानमा लागेका छन । माओबादी केन्द्र परिबर्तनको सम्बाहक पार्टी भएकाले आफुहरुको जित सुनिश्चित भईसकेको अधिकांश माओबादी केन्द्रका उम्मेदवारहरुको दाबी रहेको छ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *