Loading...
नेपाल पासवान संघ पर्सादवारा नेकपा एमाले पर्साका संयोजक प्रभु हजरालाई सम्मान

वीरगंज, २७ बैशाख ।
नेपाल पासवान संघ पर्साले नेकपा एमाले पर्साका संयोजक प्रभु हजरालाई सम्मान गरेको छ । संघका अध्यक्ष प्रभु पासवानको अध्यक्षतामा जनजाति स्कुलमा आयोजित एक समारोह बीच दोसल्ला ओढाई हजरालाई सम्मान गरिएको हो । पासवान समुदायका अगुवा प्रभु हजरा नेकपा एमाले पर्साको संयोजक जस्तो गरिमामय पदमा पुग्न सफल हुनु भएकोमा उनलाई बधाई सहित सम्मान गरिएको संघका सचिव रवि भुषण पासवानले जानकारी दिनुभएको छ ।
सम्मान पछि मन्तव्य व्यक्त गर्दै नेकपा एमाले पर्साका संयोजक हजराले आफु स्वजातीय विकासका निम्ति कुनै पनि किमत चुकाएर भए पनि भुमिका निर्वाह गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो । समारोहमा संघका उपाध्यक्ष रामदेनी हजरा, स्वजातीय अगुवा मदन हजरा पासवान, प्रेम शंकर हजारी, अमरदेव पासवान लगायतको उपस्थिति रहेको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *