Loading...
प्रधानमन्त्रीले निर्वाचन आचार संहित उल्लंघन गरेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीदवारा आपत्ति

प्रधानमन्त्री पुष्प कमल दाहालले निर्वाचन आचार संहित उल्लंघन गरेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी काठमाण्डौले आपत्ति जनाएको छ । विहिवार प्रधानमन्त्री दाहालले राजधानीको गोकर्णेश्वर नगरपालिका , कागेश्वरी मनोहरा नगरपापालिकाको थली र शंखरापुरा नगरपालिकाको साँखुमा सरकारी साधनश्रोत सहित पुगी चुनावी सभा गरेको दावी राप्रपाको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी काठमाण्डौका सभापति नवराज शिंखडाले विज्ञप्ती जारी गर्दै निर्वाचन आयोगले जारी गरेको आचारसंहिता विपरित मुलुकको कार्यकारी प्रमुखबाटै सरकारी साधनको दुरुपयोग हुनु चिन्ताको विषय भएको बताए । सरकारी तामझामकासाथ प्रधानमन्त्रीले आफ्नो पार्टीको उमेदवारको पक्षमा मत माग्दा स्वतन्त्र, निष्पक्ष र भय रहित वातावरणमा निर्वाचन हुन नसक्ने भन्दै राप्रपाले यसतर्फ निर्वाचन आयोगले तत्काल कारवाही अगाडी बढाउन माग गरेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *