
काठमाडौ – बैशाख २८ । काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर ९ का माओबादी केन्द्रका उम्मेदवार पार्बती थापा पाण्डेको जित सुनिश्चित भएको छ । झिलिमिलि बत्ती उज्यालो शहर माओबादी केन्द्रलाई जिताउने रहर भन्ने मुल नारा सहितमहिलाहरुको स्वाभिमान उच्च राख्नको साथै महिलालाई अधिकार सम्पन्न बनाउने मुख्य एजेण्डा सहित चुनाबी प्रतिस्पर्धामा उत्रिएकी पार्बतीको जित सुनिश्चित भएको यहाँका मतदाताहरुले बताएका छन ।
नबज्योती महिला उत्थान केन्द्रका अध्यक्ष समेत रहेकी पाण्डेको उम्मेदवारीलाई लिएर यस वडाका महिलाहरु उत्साहित भएका छन । उनीहरु भन्छन पार्बती दिदीको बिजय नै तारकेश्वरका सम्पुर्ण महिलाहरुको बिजय हो । ९० प्रतिशत भन्दा बढी महिलाहरुले आफुलाई मतदान गर्र्ने स्वयम पार्बती स्वीकारछिन । उनको भनाईसँग यहाँका महिलाहरुको चुनाबी प्रचार र अभियानमा उत्साहपुर्ण उपस्थिति र समर्थनले गर्दा उनको जित सुनिश्चित भएको अन्य दलका प्रत्यासीहरु बताउछन । करीब दुई हजारको संख्यामा मतदाता रहेको यस वडामा एक हजार भन्दा बढी मत ल्याई बिजय हुने पार्बतीको दाबी रहेको छ । यसबाट पार्बती थापा पाण्डेको जित सहजै हुने अनुमान लगाउन सकिन्छ ।
यति मात्र होइन उनले यस वडाको बिकास निर्माण, धार्मिक, सामाजिक, शैक्षिक र महिलाको उत्थानको क्षेत्रमा पुर्याएको योगदानका कारण पनि उनको जित हुने स्थानिय बताउँछन । पार्बती थापाको बिजय पछि उनको एउटा ठुलो योजना छ कम्तीमा माध्यमिक तह सम्मको शिक्षा निशुल्क गर्ने । अरु ठाउँमा के गर्छ मलाई थाहा छैन मेरो वडामा म कमसेकम माध्यमिक तह सम्मको शिक्षा निशुल्क गराएरै छाड्छु उनी प्रतिबद्धता जनउछिन । पार्बती थापा पाण्डेको यिनै प्रतिबद्धता र बिगतमा यस वडामा उनले पुर्याएको योगदानका कारण तारकेश्वर नगरपलिका बडा नम्बर ९ मा उनको जित भारी मत अन्तरले हुने यहाँका जनताहरुले बताएका छन ।
एक त संघर्षशिल महिला अर्काे समाजसेबी उनी भन्दा योग्य वडाध्यक्ष यस वडामा अरु हुुनै सक्दैन तारकेश्वर वडा ९ बासी बताउछन । पाण्डेले पनि आफ्नो योगदानको सही कदर वडाबासीले गर्ने र बिजयको झण्डा फहराउन आफु सही निर्णयको प्रतिक्षामा रहेको बताएकी छिन ।
Facebook Comments