
काठमाडौं- बैशाख २९ । निर्बाचन आयोगले मौन अबधि सामाजिक सञ्जालमा समेत लागु हुने बताएपनि आज बिहानैदेखि त्यसको ब्यापक उल्लंघन भएको छ । स्थानीय तहको पहिलो चरणको निर्बाचन अन्र्तगत प्रदेश नम्बर ३, ४ र ६ मा यही बैशाख ३१ गते मतदान हुदैछ । मतदान गर्ने दिनको ठीक ४८ घण्टा अघिको समयलाई मौन अबधि मानिन्छ । मौन अबधिमा निर्बाचनलाई प्रभाव पार्ने कुनै पनि गतिबिधि कसैले पनि गर्न पाईदैन ।
जसमा सभा, र्याली लगायत प्रचार प्रसारका गतिबिधि उम्मेदवार र कसैले पनि गर्न पाईदैन । यस पटक सामाजिक सञ्जाल फेसबुक, ट्यूटरमा निर्बाचन सम्बन्धी गतिबिधि ह्वात्तै बढेकाले निर्बाचन आयोगले मौन अबधि सामाजिक सञ्जालमा पनि लागु हुने जनाएको छ । यद्यपि आज बिहानैदेखि बिभिन्न ब्यक्तिहरुले बिभिन्न दलको चुनाबी गतिबिधिको प्रचार प्रसारमा सामाजिक सञ्जालको प्रयोग गर्न थालेका छन ।
निर्बाचन आयोगले मौन अबधिमा प्रचार गर्ने उम्मेदवार वा सम्बन्धित ब्यक्तिलाई कानुन बमोजिम एक लाख सम्मको जरिवाना वा उम्मेदवारी नै खारेज हुन सक्ने चेतावनी दिए पनि कतिपयले त्यसको अबज्ञा गर्दे प्रचार सुरु गरेका छन ।
Facebook Comments