Loading...
सांसद यादवद्वारा सुरजी मा.बि मा बिद्यालय भवन शिलान्यास
वीरगंज,बैशाख २९
पर्सा क्षेत्र नं. २ का सांसद बिचारी यादवले आज एक कार्यक्रमका बिच  वीरगंज वडा नं. १२ मुर्लीमा रहेको सुरजी माध्यमिक बिद्यालयमा निर्माण हुन लागेको चार काठे भवनको शिलान्यास गरेका छन । संसदिय बिकास कोषको १० लाखको लागतमा निर्माण हुन लागेको भवनलाई  कलावती कन्सट्रक्सन वीरगंजले ठेक्का पाएको सांसद यादवले बताए  ।  आज बाट शुभारम्भ भएको कक्षा कोठाको निर्माण असार मसान्त भित्र हुने बताईको छ । सो अवसरमा बिद्यालय व्यवस्थापन समितीका सदस्यहरु बच्चु साह ,सुरेश कुशवाहा, अजय गुप्ता, स्थानिय नेताहरु जलेआलम अंसारी ,रेयाजअंसारी ,गोपाल महतो लगायतको उपस्थिती रहेको थियो । सांसद यादवले यस अघिनै ९ लाखको लागतमा कक्षा कोठाको निर्माण गराईसक्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *