Loading...
सप्तरीको नापी शाखा कार्यालयमा बम विस्फोट

२९ बैशाख सप्तरी ।
सप्तरी : नापी शाखा कार्यालयमा शुक्रबार अपराह्न ४ः१५ बजे प्रेसरकुकर बम विस्फोट भएको छ । विस्फोटबाट मानवीय क्षति नभए पनि केही सवारीसाधनमा क्षति पुगेको छ । अखिल तराई जनतान्त्रिक मुक्ति मोर्चाले सो घटनाको जिम्मेवारी लिएको छ ।

मोर्चाका संयोजक जयकृष्ण गोइतले ‘भ्रष्टाचार भएको कार्यालयमा’ आफूले कारबाही गर्न बम विस्फोट गराइएको विज्ञप्तिमा जनाउँदै मोर्चाले बिहीबार पनि सिरहाको यातायात व्यवसायी कार्यालयमा बम विस्फोट गराएको बताएका छन्।

Narendra Gupta Gaur

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *