
काठमाडौँ । प्रमुख प्रतिपक्ष नेकपा (एमाले)को उद्देश्य अरुको बत्खुवाई गर्नु, अरु नेतालाई होच्याउनु, अर्कोको विषयमा नकारात्मक टिका टिप्पणी गर्नु मात्रै दैनिकी बनेको छ । आफू कुनै पनि काम नगर्ने, वरको सिन्को पर समेत नसार्ने तर अरुको टिका टिप्पणी गर्ने र केवल प्रतिक्रिया मात्रै जनाउने क्षमता एमाले नेतृत्वमा रहेको छ । एमले अध्यक्ष केपी ओली त गाली सम्राटका रुपमा कहलाएका छन् । उनी केवल प्रतिक्रियाका लागि मात्रै राजनीतिको आवरण ओढेको छन् । राजनीतिक विचार र चिन्तन भन्ने विषय नै छैन ओलीको शब्द कोषमा भन्दा फरक पर्दैन् । आफू मात्रै राम्रो अरु सबै अराष्ट्रिय तत्व रहेको भन्ने अह्म र घमण्डले घरजम गरेको एमाले मुख्यालयतिर । आफू मात्रै राष्ट्रवादी भन्ने प्रचार गराउने तर देश र जनताको पक्षमा वरको सिन्को पर समेत नसार्ने विशेष क्षमता ओलीमा छ ।
ओली भन्ने गर्दथे भारतीयको स्वार्थमा निर्माण भएको प्रचण्ड नेतृत्वको सरकारले केवल भारतका लागि मात्रै काम गर्दछ । दैनिक जसो भारतीय नेता विजय जोलीसँग भेटवार्ता गर्ने, खुफिया एजेन्सीका मान्छेसँगको छलफल र सरसल्लाहमा काम गर्ने उनी भने अरुलाई देख्नै नसक्ने र अरुको विषयमा राम्रो भन्नै नसक्ने व्यक्तिका रुपमा परिचित छन् । तर सरकारले ओलीको गलत प्रचारका विपरित सहज तवरले चीन सरकारले अगाडि सारेको एक क्षेत्र एक मार्गको अवधारणामा हस्ताक्षर गर्ने रणनीति अगाडि सारेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले चीनको महत्वकाक्षी योजना अगाडि बढाउने, नेपाल त्यसको साझेदार बन्ने , नेपाल त्यसको सदस्य बन्ने विषयमा प्रष्ट निर्णय गरेको छ । ओबिओर परियोजनामा हस्ताक्षर गर्न उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महरा, सूचना तथा सञ्चार मन्त्री राम कार्की र भौतिक पूर्वाधार तथा यातायात मन्त्री चीन जाने भएका छन् । यही वैशाख ३१ गतेदेनि जेठ २ गतेसम्म ओबिओरमा सदस्य भएका ६५ मुलुकका सरकार एवम् राष्ट्र प्रमुखको सम्मेलन चीनको राजधानी बेइजिङमा आयोजना गरिएको छ ।
ओबिओआरमा हस्ताक्षर नगर्न तथा नगराउन ओलीहरुले नै षड्यन्त्र गरे । उनीहरु सरकारी कर्मचारीलाई उचालेर कागजात लुकाउन लाए । परराष्ट्र मन्त्रालयका कर्मचारीले लामो समयसम्म ओबिओआरको प्रोटोकल लुकाउनुको पछाडि ओलीको नै हात छ । सरकारले त्यो काम अगाडि बढायो भने त जस प्रचण्डलाई जान्छ भन्ने भयले ओलीको मनमा घर गरेको थियो । ओली कति कपटी र स्वाथी छन् भन्ने पनि उनको प्रवृत्तिबाट प्रष्ट भएको छ ।
सरकारले असाध्यै सोच विचारका साथ नेपालको फाइदा र हित कसरी हुन्छ त्यसको आधारमा काम गरिरहेको छ । ओलीहरु जस्तो सनकको भरमा सरकारले कुनै निर्णय गरेको छैन । नेपालको भौगोलिक अवस्था र आवश्यकतालाई मध्यनजर गरेर सरकारले निर्णय गरेको छ । छिमेकी मुलुकसँगको सहकार्य एवम् समदुरीको सम्बन्धलाई सरकारले प्रमुख प्राथमिकतामा राखेको छ । एउटाको विरुद्ध अर्कोलाई प्रयोग गर्ने ओली प्रवृत्तिलाई सरकारले परास्त गरेको छ । जनतालाई झुक्याउन ओलीहरु राष्ट्रवादको नाटक मञ्चन गर्छन् । भित्र भित्रै भारतीय खुफिया एजेन्सीका मान्छेलाई रिझाउन थाल्छन् । तर वर्तमान सरकारले जे बोल्यो त्यो पूरा गरेको छ । सरकार आवश्यकताका आधारमा निर्णय गर्छ । सरकार राष्ट्रिय हितलाई केन्द्रमा राखेर काम गर्छ । सरकार जनताको पक्षमा छ । छिमेकीको साझा हितलाई सम्मान गरेको छ ।
चीनका राष्ट्रपति सि जिन पिङले अगाडि सारेको महत्वाकाक्षी योजनाबाट नेपालले के कति फाइदा लिन सक्छ, नेपालको हति कहाँनेर कसरी हुन सक्छ भन्ने विषयलाई राम्ररी मनन गरेको छ । सरकारले ओबिओर परियोजनामा हस्ताक्षर गरेपछि चीनको केरुङ हुँदै निर्माण हुने रेलमार्ग काठमाडौँ जोडिनेछ । काठमाडौँ आइपुग्ने रेलमार्ग पोखरा र लुम्बिनीसम्म पुग्नेछ । हिमाल छिचोलेर अगाडि बढ्ने रेलमार्गले नेपालको आर्थिक समृद्धि र समुन्न्तीको ढोका खोल्नेछ । केरुङ काठमाडौँ पोखरा रेलमार्ग अगाडि बढाउन चिनियाँ पक्षले नै चासो देखाएको छ । रेल विभागले आवश्यक प्रक्रिया अगाडि बढाएको छ । सम्भवतः आगामी साता बस्ने मन्त्रिपरिषद्को बैठकले सो सम्बन्धमा आवश्यक निर्णय गर्नेछ । प्रधानमन्त्री प्रचण्डले रेल विभागका अधिकारीलाई आवश्यक ताकेता गरिसकेका छन् ।
ओलीहरु हावामा गोली हान्थे, उनीहरु केवल प्रचारका लागि मात्रै काम गर्थे । ओलीहरुको स्वार्थ केवल राजनीति मात्रै थियो । उनीहरुलाई काम भए होआस् नभए नहोस भन्ने थियो । तर प्रचण्डले जनताको पक्षमा, मुलुकको पक्षमा, कसरी फाइदा हुन्छ, नेपाली जनताले कसरी लाभ हासिल गर्न सक्छन् भन्ने विषयलाई केन्द्रमा राखेर काम गरेका छन् । ओबिओआरमा हस्ताक्षर गर्ने निर्णय मन्त्रिपरिषदल् गरे लगत्तै प्रचण्डको पक्षमा बढेको जनमत त्यसैको द्योतक हो ।
प्रचण्डले केवल हल्लाका लागि मात्रै काम गरेका छैनन् । आफ्नो निर्णयबाट पर्ने दीर्घकालीन प्रभावको विषयमा प्रधानमन्त्री प्रचण्डलाई राम्रोसँग थाहा छ । ओबिओआरमा हस्ताक्षर नगर्न तथा नगराउन ओलीहरुले नै षड्यन्त्र गरे । उनीहरु सरकारी कर्मचारीलाई उचालेर कागजात लुकाउन लाए । परराष्ट्र मन्त्रालयका कर्मचारीले लामो समयसम्म ओबिओआरको प्रोटोकल लुकाउनुको पछाडि ओलीको नै हात छ । सरकारले त्यो काम अगाडि बढायो भने त जस प्रचण्डलाई जान्छ भन्ने भयले ओलीको मनमा घर गरेको थियो । ओली कति कपटी र स्वाथी छन् भन्ने पनि उनको प्रवृत्तिबाट प्रष्ट भएको छ ।
एकातिर सरकारी कर्मचारीलाई कागजात लुकाउन लगाउने अर्कोतिर सरकार लम्पसारवादी भयो भन्दै गलत प्रचार गर्ने ओलीको दोग्ला चरित्र सतहमा आएको छ । कुनै पनि विषयमा ज्ञान नराख्ने केवल सार्वजनिक खपतका लागि मात्रै भाषण गर्ने ओलीको केवल मौसमी भाषणबाट मुलुकले त्राण पाएको छ । प्रचण्ड नेतृत्वको सरकारले सरकारका उपप्रधानमन्त्रीको नेतृत्वमा वरिष्ठ तीन मन्त्रीलाई हस्ताक्षर समारोहमा पठाउने निर्णय गर्नु नै आफैमा महत्वपूर्ण निर्णय हो ।
ओबिओआरमा नेपाल सदस्य भएपछि त्यसबाट नेपालले प्राप्त गर्ने फाइदाबाट ओली प्रवृत्ति आत्तिएको छ । प्रचण्डको राजनीतिक आइट अझ बढ्ने भयो भन्दै ओलीहरु अझै पनि त्यसलाई असफल पार्न भारतलाई गुहारिइरहेका छन् । ओबिओआरमा हस्ताक्षर गर्ने निर्णय मन्त्रीपरिषद्बाट भए लगत्तै ओली र भारतीय खुफिया एजेन्सीका काठमाडौँ प्रमुखबीच भेटवार्ता भएको छ । ओली अझै पनि कसरी ओबिओआरमा सरकारले हस्ताक्षर नगरोस र कसरी रोक्न सकिन्छ भनेर लागेका छन् । तर सरकारको आवश्यक तयारी र निर्णय हेर्दा ओलीहरु जतिसुकै भाड्न लागपरेपनि ओबिओआरमा नेपालले हस्ताक्षर गर्नेछ र त्यसबाट प्राप्त हुने फाइदालाई नेपाल र नेपाली जनताको हितमा प्रयोग गर्नेछ ।
ओली बनाउन जान्दैनन् केवल भत्काउन मात्रै जान्दछन् । बाँदरले आफ्नो घर पनि बनाउँदैन अर्काको घर पनि बाँकी राख्दैन भन्ने नेपाली उखान जस्तै ओली केल नकारात्मकतालाई बढी प्रचार गराउन सफल भएका छन् । उनले ठानेका छन् तत्कालका लागि मूतको न्यानो त होला, तर दीर्घकालमा ओली नराम्ररी पछारिनेछन् । जतिबेला उनी नराम्ररी पछारिनेछन् त्यतिबेला ओलीलाई साथ दिने कोही पनि बाँकी रहने छैनन् । हद भन्दा बढी नकारात्मकताले ओलीको हित गर्ने छैन । ओलीका कारण नेपाल र नेपाली जनताले समेत दुःख पाउनेछन् । त्यसकारण प्रचण्ड सरकारले कुकुर भुके हजार हात्ती लस्के हजारको शैलीमा जनतालाई केन्द्रमा राखेर, मुलुकलाई शिरमा राखेर काम गर्नु गराउनु जरुरी छ । त्यसैमा नै मुलुकको भलो र हित गाँसिएको समाचार खबर डबलीले लेखेको छ ।
Facebook Comments