
राजविराज, २९ वैशाख । राष्ट्रिय जनता पार्टी नेपाल जिल्ला कार्यसमिति सप्तरीद्वारा शुक्रवार राजविराजमा विरोध र्याली तथा सभाको आयोजना गरियो ।
राजविराज स्थित शिव मन्दिर प्राङ्गणबाट निकालिएको विरोध र्याली नगरको विभिन्न भाग परिक्रमा पश्चात शहिद दशन चौकमा पुगी सभामा परिणत भएको छ । राष्ट्रिय जनता पार्टीका जिल्ला संयोजक सुनिलकुमार झाको अध्यक्षतामा आयोजित विरोध सभामा रामप्रित यादव, सतिश कुमार सिंह, कपिलदेव यादव, निरज मुक्ति, अमरनाथ मण्डल, नरेन्द्र यादवलगायत मन्तव्य व्यक्त गरे ।
Facebook Comments