
निर्वाचनको मुखमा आएर एमाले कार्यकर्ताहरु अराजक बन्दै गएका छन । काठमाडौं मै मन्त्री समेतलाई लखेट्न थालेका छन । आज काठमाडौंमा गगन थापा लाई एमाले कार्यकर्ताहरुले लखेटेका छन ।
लगत्तै एकजनाले ‘गगनेलाई लखेट’ भनेपछि एमालेकार्यकर्ताहरु मोटरसाइकल चढेर मन्त्रीको गाडीलाई पछ्याउदै सुकेधारासम्म पुगेका थिए ।एमाले कार्यकर्ता उज्ज्वल दाहालले मन्त्री थापा चढेको गाडीलाई अगाडिबाट रोक्न खोज्दा उनी चढेको मोटरसाइकल सडकमा पल्टिएको थियो । एमाले कार्यकर्ता दाहालको खुट्टामा सामान्य चोट समेत लागेको छ ।काठमाडौं क्षेत्र नम्वर ४ को कपनमा आफ्ना हजुरवा पर्ने एक आफन्तहरुलाई भेटेर फर्कने क्रममा जोरधारा पछाडि आदर्शनगर टोलमा पार्टीका एक कार्यकर्ताको घरमा निर्वाचनको बारेमा छलफल गरेर फर्कंदै गर्दा गाडी घेरेर बसेका एमाले कार्यकर्ताहरुले थापामाथि दुर्व्यवहार गरेको मन्त्री थापाका एक सहयोगीले बताएका छन ।
Facebook Comments