Loading...
एमालेका निर्वतमान अध्यक्ष महेन्द्र राउत कुर्मी लगायत काङ्ग्रेस ,माओवादीबाट पार्टी परीत्याग गरि दर्जनौं नेता कार्यकर्ता राष्ट्रिय जनता पार्टीमा प्रवेश
कलैया बैशाख ३० गते ।राष्ट्रिय जनता पार्टीका महामन्त्री एवं प्रभावशाली नेता जीतेन्द्र सोनलले संविधान संशोधन पछी मात्र चुनाव हुने बताउनु भएको छ।आज पार्टी प्रवेश कार्यक्रममा नेता सोनलले तराई मधेसको जिल्लामा स्थानीय तहको जनसंख्या को अधारमा गाउँपालिका र निर्वाचन श्रेत्र बढाउनु पर्ने र मधेस आन्दोलन क्रममा लगाईएको मुद्दा फिर्ता भएपछि मात्र चुनाव को वतावरण निमार्ण हुने बताउनु भएको छ ।नेता सोनलले नेपाल देशमा अहिले स्थानीय तहको निर्वाचन हुदै छ,मधेस राष्ट्रमा संशोधन पछी मात्र हुन्छ उहाले् कार्यक्रम मा भन्नु भयो । कलैया उपमहानगर १७ ब्रहमपुरीमा एमाले का निर्वतमान अध्यक्ष महेन्द्र राउत कुर्मी लगायत काङ्ग्रेस ,माओवादीबाट पार्टी परीत्याग गरि दर्जनौं नेता कार्यकर्ता राष्ट्रिय जनता पार्टी मा प्रवेश गरेका छन । नव प्रवेसि नेता कार्यकरता लाई पार्टी को महामन्त्री जीतेन्द्र सोनलले फुलमाला टिका लगाएर स्वागत गरेका छन।उक्त कार्यक्रममा महासचिव रमेश यादव,अध्यक्ष मण्डल को बारा संयोजक नवल किशोर सिंह,पिंकी यादव ,सतेन्द्र ठाकुर,परम हंश केशरी ,लगायत नेताहरु मधेस आन्दोलन र अधिकार बारे बताउनु भएको थियो। कार्यक्रमको अध्यक्षता लक्ष्मी राउत ले गरेका थिए भने कार्यक्रम संचालन राजेश पटेल गरेका थिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *