Loading...
राजपाका नेतासहित ३०० र एमालेका बाह्र सय कार्यकर्ता फोरम नेपाल प्रवेश

सिरहा ३१, वैशाख । पहाडका जिल्लाहरुमा स्थानीय तहको पहिलो चरणको भइरहेको बेला उता मधेशमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले दुईहजारको संख्यामा सक्रिय नेता कार्यकर्ताको समूहलाई पार्टीमा भित्रयाएका छन् ।राष्ट्रिय जनता पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा र जनता दल लोकतान्त्रिक परित्याग गरी फोरम नेपालको सदस्यता लिएका छन् । ६ वटा मधेश केन्द्रीत दल मिलेर हालै राजपा गठन भएसँगै विभिन्न किसिमको भ्रामक हल्ला फिँजाइए पनि मधेशमा उपेन्द्र यादवको लोकप्रियता झन्बढ्दै गएको देखिन्छ । पहाड केन्द्रीत चुनावमा गएर मधेशको मुद्दा त्यागेको भ्रमलाई चीर्दै आइतबार फोरमनेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवलाई भने हजारौंको संख्यामा नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउन भ्याइनभ्याई थियो ।सिरहाको गोलबजार र वरियापट्टीमा छुट्टाछुट्टै आयोजित बृहत् पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष यादवले नवप्रवेशी नेता कार्यकर्तालाई संघीयता, पहिचान र उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्न संघर्षका लागि तयार रहन निर्देशन दिँदै टिका लगाएर फूलमालाले स्वागत गरेका छन् ।राष्ट्रिय जनता पार्टी सिरहाका प्रभावशाली जिल्ला नेता लालबाबु साहको नेतृत्वमा तीन सय बढी सक्रिय कार्यकर्ता पार्टी प्रवेश गरेका छन् । एमालेका जिल्ला नेता सन्तोष साहको नेतृत्वमा झन्डै आठ सय कार्यकर्ताको ठूलो समूह नै फोरम नेपालमा प्रवेश गरेको छ ।एमालेका अर्का चर्चित नेता विजयकुमार महतोको अगुवाईमा तीन सयको संख्यामा सक्रिय कार्यकर्ताको समूह फोरम नेपालको सदस्यता लिएको छ । सोही प्रवेश कार्यक्रममा खौकियाही गाविसका पूर्व अध्यक्ष बालेश्वर यादवको नेतृत्व दुई सयको संख्यामा स्थानीयहरु पार्टीमा आबद्ध भए ।हाल जेलमा रहेका पूर्वमन्त्री सञ्जय साहकी सासूआमा निर्मला साह पनि फोरम नेपालमा प्रवेश गरेकी छिन् । पूर्व गाविस उपाध्यक्ष बद्री नारायण यादव, जिल्ला नेता सरिता साहले पनि एमाले परित्याग गरेका छन् ।मधेशी मुक्ति मोर्चाका पूर्व जिल्ला अध्यक्ष चन्दर सिंह र जनता दल लोकतान्त्रिकका केन्द्रीय सदस्य रञ्जीत ठाकुरले पनि उपेन्द्र यादवको हातबाट टिका लगाएर पार्टी प्रवेश गरेको शिक्षक फोरमका केन्द्रीयसदस्य श्याम नन्दन यादवले जानकारी दिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *