
वीरगंज,बैशाख ३०
मधेस समता पार्टी वीरगंज नगर कार्य समितीले होटल सम्झनामा आज अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ । पार्टीका राष्ट्रिय अध्यक्ष एवं पुर्व राज्यमन्त्री मेघराज निषादको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी दुइसय भन्दा बढि नेता कार्यकर्ताहरु मधेस समता पार्टीमा प्रवेश गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी निषादले राजनितीक अस्थितरताले गर्दा देशले निकास नपाएको बताएका थिए . दलहरुले राजनितीलाई व्यवपार गर्ने ठाँउ बनाएकोले राजनितीबाट जनता निरास र घृणित भएको बताए । उनले सेवामुखी राजनिती गरे मात्र देशमा शान्ति र बिकास हुने बताएका थिए । पार्टी प्रवेश गर्नेह?मा रोहित यादव, संजित साह, श्याम शर्मा, राज रौनियार, निखिल वर्नवाल ,जहिर अंसारी लगायतले पार्टी प्रवेश गरेका थिए . वीरगंज नगर अध्यक्ष अकलेश साहको सभापतित्वमा सम्पन्न कार्यक्रममा पार्टीका केन्द्रिय उपाध्यक्ष तेजप्रकास निषाद, संगीता चौधरी, दिलमहम्द मियाँ, तपसी थारु, प्रभावती मुखिया, मीना देवी लगायतकाले आ आफनो मन्तव्य व्यक्त गरेका थिए .
Facebook Comments