
काठमाडौं ०१, जेठ । राजनीतीकर्मीहरुले फोरम नेपाललाइ बैकल्पिक शक्तिको संज्ञा दिन थालेका छन । फोरम नेपालमा प्राय दिनहु पार्टि प्रवेश तथा एकता हुदै आएको छ। संघीय समाजवादी फोरम नेपाल र खगेन्द्र माखिम अध्यक्ष रहेको संघीय लिम्बूवान पार्टी नेपालबीच एकता हुँदैछ ।
संघीय समाजवादी फोरम नेपालको केन्द्रीय कार्यालय तीनकुनेमा आज सोमबार पार्टी एकता घोषणा हुने बताइएको छ । पार्टीको दुई तिहाई बहुमतबाट हालै अध्यक्ष बनेका माखिमले संघीय समाजवादी फोरम नेपालसँग पार्टीको नीति, सिद्यान्त र एजेन्डा मिल्ने भएकोले सँगै मिलेर संघर्ष गर्न पार्टी एकता गर्न लागेका हुन् । संघीयता र पहिचानलाई मुख्य एजेन्डा बनाएर मधेशी, आदिवासी जनजाति, दलित, खस, महिला, मुस्लिम लगायत उत्पीडित समुदायको पक्षमा संघर्षरत फोरम नेपालसँग माखिम नेतृत्वको सिङ्गो पार्टी नै एकीकरण गर्न लागेको हो । पूर्वी नेपालको दश वटा जिल्लामा प्रभावकारी पहुँच बनाएर माखिम नेतृत्वको संघीय लिम्बूवान पार्टी सक्रिय रहेको छ ।
Facebook Comments