
राजपा गठन सङ्गै जिल्ला जिल्लाबाट नेता कार्यकर्ताहरुले राजिनामा दिने र फोरम नेपालमा लागने परिपाटी नै बसेको छ । कहिले पोखराका सम्पूर्न नेतृत्व नै अरु पार्टीमा गए भने हिजो सिरहामा हजारौले राजपा छाडे । आज मात्रै राजपाका नेता तथा सान्शद गोश्वामीले पार्टीबाट राजिनामा दिएका छ । । वीरगन्ज उपमहानगरपालिकावडा नम्बर १२ का पुर्व वडा अध्यक्ष एंव राष्ट्रिय जनता पार्टीका नेता मनोज कुमार कलवार संघीय समाजवादी फोरम नेपालमा प्रवेश गर्नु भएको छ । राजपा छाडने अधिकान्श नेताहरु १० वटा जिल्लाको पार्टीमा ६वटा अध्यक्ष, कसैले कसैको कुरा नसुन्ने गरेको आरोप लगाएका छन ।
तयसतै नेपाली कांग्रेस का क्रियाशील सदस्य कौशल कुमार बर्मा दिवाकर सुबेदी दिलमाया श्रेष्ठ र राधे देबी परियार समेत सयकडौ फोरम नेपालमा प्रबेश गरेका छन ।फोरम नेपाल पर्साले आयोजना गरेको कार्यक्रममा पुर्व वडा अध्यक्ष कलवार लगायत का नेतागन फोरम नेपालमा प्रवेश गर्नु भएको हो । कार्यक्रमका प्रमुख अतिथी एंव फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवले मधेसको मुद्धाका लागि फोरम नेपालले कसैसंग कुनै पनि सम्झौता नगर्ने बताउनु भयो ।
मधेसका मुद्धा संविधान संशोधन गरि सम्बोधन नभए सम्म मधेसमा कुनै पनि चुनाव हुन नदिने चेतावनी पनि उहाले दिनु भयो । पहाडका जिल्लाहरुमा भएका पहिलो चरणको स्थानीय निर्वाचनमा फोरम नेपालले भाग लिएको विषयलाइ लिएर केहि दलहरुले अनेक दुष्प्रचार गरेपनि मधेसी जनता भ्रममा नरहेको भन्दै उहाले पहाड र मधेसका मुद्धा अलग अलग रहेकाले नै पहाडको निर्वाचनमा पार्टीले भाग लिएपनि मधेसीको माग सम्बाधेन नभए सम्म मधेसमा निर्वाचन हुनै नदिने स्पष्ट पार्नु भयो ।
कार्यक्रमलाइ सम्बोधन गर्दै फोरम नेपालका नेता विजय सरावगीले मधेस र मधेसीको मुक्ती फोरम नेपालबाट मात्रै सम्भव रहेको बताउनु भयो । आफुलाइ मधेसीको मसीहा भनाउने केहि दलहरुको असली चरित्र मधेसी जनताले बुझीसकेको भन्दै उहाले मधेसका माग पुरा नभए सम्म फोरम नेपालले संघर्षको मैदान नछाड्ने दाबी गर्नु भयो । राम सर्राफ़ सन्चालन गरेको कार्यक्रममा समाजवादी युवा फोरम नेपालका केन्द्रिय सदस्य शुसील साह कानु् , युवा फोरमका जिल्ला कोषाध्यक्ष अस्लम कानु , बुद्धिजीवी फोरमका जिल्ल सदस्य शीवजी गुप्ता लगायतको उपस्थिती रहेको थियो ।
Facebook Comments