
काठमाडौं ३१, वैशाख । संघीय समाजवादी फोरम नेपाल र संघीय लिम्बूवान पार्टी नेपालबीच एकीकरण भएको छ । उपेन्द्र यादव नेतृत्वको फोरम नेपाल र खगेन्द्र माखिम अध्यक्ष रहेको संघीय लिम्बूवानबीच सोमबार संघीय समाजवादी फोरम नेपालको केन्द्रीय कार्यालय तीनकुनेमा पार्टी एकताको औपचारिक घोषणा भएको छ ।फोरम नेपालका अध्यक्ष यादव र संघीय लिम्बूवानका अध्यक्ष माखिमले संयुक्त रुपले पार्टी एकताको घोषणागरेका छन् । माखिमले संघीय समाजवादी फोरम नेपालसँग पार्टीको नीति, सिद्यान्त र एजेन्डा मिल्ने भएकोले सँगै मिलेर संघर्ष गर्न पार्टी एकता गरेको बताए ।जनजाति आन्दोलनको सक्रिय अगुवा नेता माखिमसहित संघीय लिम्बूवान पार्टीमा रहेका सम्पूर्ण पदाधिकारी, केन्द्रीय सदस्य लगायत सिंगो पार्टी पंक्ति र फोरम नेपाल एक ढिक्का भएका छन् ।
यो एकिकरणसँगै मधेशी, आदिवासी जनजाति, खस, महिला, मुश्लिम लगायत समग्र उत्पीडित समुदायको लागि जारी संघर्ष झन् उचाइँमा पुग्ने देखिएको छ ।संघीयता र पहिचानलाई आधार बनाएर उत्पीडित समुदायको पक्षमा संघर्ष गर्ने शक्ति फोरम नेपाल मात्र रहेकोले पार्टी एकता गरेको नेता माखिमले प्रतिक्रिया दिएका छन् ।एकता समारोहलाई सम्बोधन गर्दै संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले थोपा थोपा शक्ति एकजुट भएर पहिचानको आन्दोलनलाई निर्णायक बनाउने बताएका छन् । अधिकार र पहिचानका लागि जारी संघर्षलाईउचाईमा पुर्याउन मधेशी, आदिवासी जनजाति लगायत समग्र उत्पीडित समुदाय मिल्नुको विकल्प नरहेको भन्दै अध्यक्ष यादवले अधिकार प्राप्तिका लागि संघर्षरत सबै शक्तिलाई एकतालाई आह्वान गरेका छन् ।अध्यक्ष यादवले सरकारलाई बुलेटको जवाफ ब्यालेटले दिने समेत चेतावनी दिएका छन् । मधेश आन्दोलनको समयमाराज्यले मधेशीलाई गोली हानेर हत्या गरेको भन्दै अध्यक्ष यादवले त्यसको जवाफ ब्यालेटबाट दिने बताए ।
धेरैले आफूलाई चुनावमा किन गएको भनि प्रश्न गरेको बताउँदै भने, ‘त्यसको जवाफमा अब यो राज्यलाई ब्यालेटबाट जवाफ दिने बेला आएको छ, चुनावमार्फत शक्ति निर्माण गरि राज्यमाथि धावा बोल्छौं ।’चुनाव पनि एउटा आन्दोलन हो, चुनावलाई पनि एउटा संघर्षको रुपमा अगाडि बढाउन सकिन्छ भन्दै अध्यक्ष यादवले आन्दोलनको आधारभूमि तयार गर्ने माध्यम चुनावरहेको बताए ।‘लोकतन्त्रमा चुनावलाई इन्कार गर्न सकिदैन, राज्यसँग लड्नु नै हो, आदिवासी जनजाति, मधेशीसँग भेदभाव गरेको राज्यसँग चुनावमा भाग लिएर पनि लड्न सकिन्छ’, उनले भने ।तीन दलले ल्याएको सविधान नश्लीय र विभेदकारी रहेको भन्दै उनले त्यसलाई पुनर्लेखन गर्नुपर्छ भनि पहिलादेखि नै आफूले भन्दै आएको र त्यसबाट आफू पछि नहटेको स्पष्ट पारे ।सरकारले ल्याएको सविधान संशोधनले केही पनि समस्या समाधान नहुने बताउँदै उनले सरकारले तत्काललाई यो विधेयक पारित गरे बाँकीका लागि पुनः संघर्ष गर्ने बताए ।
यसैगरी, एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै खगेन्द्र माखिमले राज्यलाई सिंहदरबारमा बसेर हुंकार दिनुभन्दा हिम्मत भए आफूहरुले उठाएको अधिकारविरुद्ध लिम्बूवान पुगेर बोल्न चेतावनी दिए ।‘लिम्बूवानको आवाज सिंहदरबारमा सुनिँदैन, सुनिए पनि सानो स्वरमा सुनिन्छ । तर आवाज सानो सुनियो भन्दैमा लिम्बूवानको आवाजलाई उपेक्षा नगरे हुन्छ । सरकारसँगहिम्मत छ भने लिम्बूवान पुगेर हाम्रो आवाज सुन्ने साहस गरोस्’– नेता माखिमले भने ।समयकाल अनुसार मधेशी एवं आदिवासी जनजातिसहित उत्पीडित समुदायलाई एक ठाउँमा गोलबद्ध हुन अनिवार्यरहेको भन्दै नेता माखिमले सँगै मिलेर संघर्षमा उत्रिन सबैलाई आह्वान गरे । कार्यकरममा बरिष्ठ नेता अशोक राइले हात्ती चले बजार कुत्तl भुके हजार भन्दै काटनेले आफूहरुको कुरा काटी राखछ र हामी आफ्नो काम गरिराख्छौ भन्नुभयो । कसैले फुक्दैमा आफ्नो पार्टी अरुको कुरामा नल्लाग्ने वहाँको भनाइ रहेको थियो ।
Facebook Comments