Loading...
राजा फर्काउन केपी र विद्याले यस्तो खेल खतरनाक खेल्दै छन् ! सातपटक ज्ञानेन्द्रसँग गोप्य भेट भएको खुलाशा

काठमाडौं। गत वैशाख १६ गते भारतको नयाँ दिल्ली स्थित इन्दिरा गान्धि अन्तर्राष्ट्रिय विमानस्थलबाट दिउँसो ३ बजे आरए २०६ को फ्लाइटमा एक भारतीय पत्रकार काठमाडौंका लागि उडे । सिट नम्बर १७ सिमा बसेका ती भारतीय पत्रकारसँगै नेपालका एक अर्का पत्रकार पनि थिए । जहाज भित्र कुराकानी गर्ने क्रममा ती भारतीय पत्रकारले आफूलाई पूर्वराजा ज्ञानेन्द्र शाहले एक ‘पोलिटिकल प्रोजेक्ट’मा छलफल गर्न बोलाएको दाबी गरेको ती नेपाली पत्रकारले बताए । ‘काठमान्डुको याक यति होटलमा पूर्वराजा, एमाले अध्यक्ष केपी ओली र कमल थापा सहितको भेटघाट छ ।

सोही ‘पोलिटिकल प्रोजेक्टको लागि आएको हुँ,’ ती पत्रकारको भनाई उदृत गर्दै नेपाली पत्रकारले भने,‘अहिले नेपालमा किङ ज्ञानेन्द्र, केपी ओली र कमल थापाको एउटै लाइन हो ।’ उनी आएको भोलिपल्ट नै याक एण्ड यति होटलमा पूर्व राजासँग केपी ओली सहित कमल थापाहरुको संयुक्त छलफल भएको थियो । छलफलमा भारतीय गुप्तचर संस्था ‘रअ’को एउटा खेमाको प्रतिनिधि समेत उपस्थित रहेको स्रोतको दाबी छ । एक एण्ड यति होटलको छलफलपछि नेपालको राजनीतिक घटनाक्रमले बेग्लै रुप लियो ।

सर्वोच्च अदालतको फैसला, महाअभियोग प्रस्ताव, निलम्बित प्रधानन्यायधीश सुशीला कार्कीको चलखेल, सरकार ढाल्न राष्ट्रपति विद्या भण्डारीको कमल थापासँग लविङ् जस्ता घटनाले नेपालको राजनीति अनिष्ठको बाटोमा हिँड्यो । स्रोतका अनुसार नेकपा एमालेका अध्यक्ष केपी आलीले राज्यका तीन निकाय कार्यपालिका न्यायपालिका र व्यवस्थापिकाबीच द्वन्दमा फसाएर राजा सहितको ‘अर्को तन्त्र’को परिकल्पना गरेका थिए । तर, ओलीको अपेक्षाले हावा खायो । स्थीतिलाई भड्काएर जनमत आफ्नो पक्षमा पार्नका लागि एमालेले यतिसम्म गरेको थियो की – सभामुख ओनसरी घर्ति, कार्यबाहक प्रधानन्यायधीश गोपाल पराजुली, लोकसेवा आयोगकका प्रमुख उमेश मैनाली र निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधी प्रसाद यादवलाई महाअभियोग लगाएर निर्वाचन विथोल्ने ।

सभामुख ओनसरी घर्तिलाई महाअभियोग लगाउने व्यवस्था संविधानमा थिएन । संविधानसभाका सभामुख तथा नेकपा एमालेका संसदीय दलका उप–नेता सुवास नेम्वाङले समेत संविधान पुरा पढेका रहेनछन् । संविधानमा सभामुखलाई महाअभियोग लगाउने स्पष्ट व्यवस्था नभेटेपछि नेम्वाङले ‘खुइया…..’ गर्दै हिँडेको पत्रकार अरुण बरालले अनलाईन खबरमा लेखेका छन् । यता कार्यवाहक प्रधानन्यायधीश पराजुली, लोकसेवा प्रमुख मैनाली र अयोधी प्रसाद यादवलाई लगाइन लागेको महाअभियोग पनि पार्टी भित्रकै अन्तरविरोधका कारण सफल हुन सकेन । एमाले नेताहरु माधव नेपाल, सुरेन्द्र पाण्डे लगायतले विरोध गरेका थिए । यता महाअभियोग लगाउनु पर्ने कानुनी आधार भने फेला परेको थिएन ।

विश्वस्त सुत्रका अनुसार संविधान निर्माण भएपछि केपी ओलीले सात पटकसम्म पूर्व राजासँग भेटघाट गरिसकेका छन् । ती मध्य राप्रपा नेपालका अध्यक्ष कमल थापाको घरमा दुइ पटकसम्म ओली र ज्ञानेन्द्रबीच भेटघाट भएको स्रोतको दाबी छ । भेटघाटको क्रममा ओलीले राजतन्त्र फर्काउने वातावरण निर्माण गर्ने बचन नै दिएको बताइएको छ ।

स्रोतका अनुसार पूर्व राजालाई भेट्नका लागि ओली आफ्नो सुरक्षा गार्ड विना नै वैशाख २१ गते निर्मल निवास पुगेका थिए । पछिल्लो राजनीतिक घटनाक्रमबारे ‘ब्रिफ’ गर्न ओली पूर्व राजा निवास पुगेको स्रोतको दाबी छ । उक्त भेटमा ओलीले नेपालको संविधान असफल बनाउँन राजासँग विस्तृत छलफल समेत गरेका थिए ।

छलफलका क्रममा पूर्व राजाले स्थानिय निकायको निर्वाचन स्थगित गर्नुपर्ने धारणा राखेका थिए । राजालाई भेटेपछि उनले माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डसँग भेट गरेका थिए । प्रचण्डसँगको भेटमा उनले ‘प्रधानन्यायधीश सुशीला कार्कीलाई लगाइएको महाअभियोग फिर्ता नगरिए चुनावमा तपाईं एक्लै जानुस्, एमाले चुनावमा जाँदैन’ भन्दै घुर्कि लगाएका थिए ।

०००

राष्ट्रपतिको राजासँग साँठगाँठ

राष्ट्रपति निर्वाचित भएपछि विद्या भण्डारीको भूमिका कुनै राजामहाराजाको भन्दा भिन्न छैन । ‘हिन्दु राजाले जस्तो धार्मिक भ्रमणहरु गर्नु, पशुपतिमा पहिलो तलब दान गर्नु, विनोद चौधरीले निर्माण गरेको ‘हिन्दु धार्मिक धाममा ज्ञानेन्द्र र राष्ट्रपतिसँगै देखिनु, गणतान्त्रिक राष्ट्रपतिको छोरीको विवाहमा पूर्व राजा सहभागी हुनु, ज्ञानेन्द्रका नाती हृदयन्द्रको ब्रतबन्धमा राष्ट्रपति विद्या भण्डारी सहभागी हुनु’ जस्ता घटनाक्रमहरुले अनिष्ठको संकेत भने अवश्य गरिरहेको छ ।

त्यसो त माओवादी केन्द्रका अध्यक्ष तथा प्रधामन्त्री प्रचण्ड नेतृत्वको सरकार ढाल्न समेत राष्ट्रपति भण्डारीको सक्रियता बढिरहेको छ । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका २४९ सांसदले प्रधानन्यायधीश सुशीला कार्की विरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेसँगै उपप्रधान तथा स्थानिय विकास मन्त्री कमल थापालाई भेट्न उनले शितल निवास बोलाएकी थिइन् । शितल निवासको भेटपछि नै राप्रपा नेपालले सरकार छाड्ने निर्णय गरेको थियो ।

स्रोतका अनुसार पूर्वराजाकै सल्लाहमा राष्ट्रपति भण्डारीले कमल थापालाई भेट्न बोलाएकी थिइन् । ‘राष्ट्रपतिकै निर्देशनमा सरकारबाट फिर्ता हुँने निर्णय भएको हो,’ स्रोतले भन्यो,‘किन भने भेटघाट भएको केही घण्टा पछि नै राप्रपाले सरकार छोड्ने निर्णय गरेको हो ।’
नेकपा माओवादीका प्रभावशाली नेता गोपाल किरातीले राष्ट्रपति भण्डारीको पूर्व राजासँग साँठगाँठ रहेको भन्दै महाअभियोग लगाउन माग गरेका छन् । सामाजिक सञ्जाल फेसबुक मार्फत उनले खुलमखुल्ला महाअभियोग लगाउनु पर्ने माग राखेका हुन् ।

केपी ओलीको लागि गणतन्त्र : ‘घाँटीमा अड्कीएको मासु’

राजनीतिक विश्लेषकहरु भन्छन्,‘नेपालमा गणतन्त्र नेकपा एमालेका अध्यक्ष केपी ओलीको योजना थिएन र होइन । त्यसैले उनलाई गणतन्त्रको माया छैन ।’ विश्लेषकहरुको यो तर्क भित्रका रहस्यहरु थुप्रै होलान् तर, एमाले अध्यक्ष केपी ओलीले मुलुकमा गणतन्त्र ल्याउन राजधानीका सडकमा ठूलो आन्दोलन चलिरहँदा एक टेलिभिजनमा बोलेको भिडियो भने अझै सुरक्षित छ । उनले भनेका थिए,‘गणतन्त्रको यात्रा बयलगाडा चढेर अमेरिका जानु सरह हो ।’

शान्ति प्रक्रियाका १० वर्षमा गणतन्त्रलाई ‘ब्रम्ह’ले स्विकार नगर्ने नेतामा पूर्व प्रधानमन्त्री केपी ओली पहिलो नम्बरमा पर्छन् । कारण– उनी गणतन्त्रमा भन्दा राजतन्त्रमा बढी झूकाव राख्छन् । त्यसो त ‘माओवादी युद्धको बलमा कांग्रेस सहितको सात राजनीतिक दलको भिषण आन्दोलबाट आएको गणतन्त्रलाई ओली किन माया गर्नु पथ्र्यो र ! राजनीतिमा अरुको योजनामा बहकिनु निकै कठिन यात्रा हो ।

०००

संविधान बन्दा ज्ञानेन्द्र र ओली दुवैलाई संकट !

मुलुकमा संघीय लोकतान्त्रिक संविधान पूर्ण रुपमा कार्यन्वयन भए राजतन्त्र सँधैको लागि समाप्त भएर जान्छ । यता संघीयता र संविधान जसरी पनि कार्यन्वयन गराउने पक्षमा छन् कांग्रेस सभापति शेर बहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड । त्यसो त ओलीले गणतन्त्र स्विकारेका होइनन् प्रधानमन्त्री बन्नका लागि उनले गत असोज तीन गते संघीयता सहितको संविधान मानेका हुन् । राजनीतिक स्वार्थका लागि मान्दिएका मात्रै हुन् । त्यसैले पनि कमल थापा, पूर्व राजा र ओलीले यो संविधान कार्यन्वन गर्न चाहँदैनन् ।

गाइ र सुर्यको तालमेल ! के होला संकेत ?

नेकपा एमाले र राप्रपा नेपालबीचको चुनावी तालमेल राजनीतिक सिद्धान्त र विचारको लागि भन्दा पनि ‘करेन्ट राजनीतिक प्रोजेक्ट’को लागि हो । गणतन्त्र एमालेको एजेण्डा थिएन र अध्यक्ष ओलीकै भाषामा भन्दा ‘एमालेको एजेन्डा होइन’ । त्यस्तै राप्रपा नेपालको विधानमा गणतन्त्र होइन राजा सहितको हिन्दुराष्ट्रको परिकल्पना गरिएको छ ।

राप्रापा नेपाल र नेकपा एमालेबीच राजधानीका केही क्षेत्रमा मात्रै होइन देशभर भइरहेको चुनावी तालमेललाई विश्लेषकहरुले ‘अपवित्र’ गठबन्धन भनिरहेका छन् । स्रोतका अनुसार ‘राष्ट्रवाद’बाट शुरु भएको एमाले राप्रपा गठबन्धन राजा ल्याउन समेत एकमत देखिने केही विद्वानहरुको तर्क छ । स्रोतः नेपाल टक ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *