Loading...
प्रधानमन्त्री प्रचण्डले बुधबार (भोलि) राजीनामा दिदै, संविधान संशोधन भन्दा पहिला नै राजीनामा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेठ ३ गते (बुधबार) राजीनामा दिनुहुने भएको छ । गत वर्षको साउन १९ गते प्रधानमन्त्री पद सम्हालेका प्रचण्डले झण्डै १० महिनापछि सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्न लाग्नुभएको हो ।

बालुवाटार स्रोतका अनुसार बुधबार राजीनामा दिने निर्णय गर्दै प्रधानमन्त्री प्रचण्डले आवश्यक तयारी समेत थाल्नुभएको छ । उहाँले पर्सी संसदमा सम्बोधन गरेर राजीनामाको घोषणा गर्नुहुनेछ । यसअघि प्रधानमन्त्रीले नै यसै हप्ताभित्र राजीनामा दिने आफ्नो तयारी रहेको बताइसक्नुभएको छ ।

संविधान संशोधन भन्दा पहिला नै राजीनामा

प्रधानमन्त्री प्रचण्डले मधेसवादी दलका नेतालाई आज विहान सरकारी निवास बालुवाटारमा भेटेर आफ्नै नेतृत्वमा जेठ ४ गते संविधान संशोधन गराउन प्रयास गर्ने आश्वासन दिनुभएको थियो । तर, अब प्रचण्डले संशोधन अगावै राजीनामा दिएर त्यो जिम्मेवारीबाट पन्छिनु हुने भएको छ । प्रचण्डको यो निर्णयले संशोधन प्रक्रिया अलपत्र पर्ने देखिएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *