Loading...
अहिले सम्म कुन ठाउबाट कुन कुन पार्टी बिजय भए, कस्ले कती मत पाए पढ्नुहोस सम्पूर्ण पाठ

बिष्णु घिमिरे, जेठ ०२ ।

काठमाडौं,आइतबार सम्पन्न प्रदेश नम्बर ३, ४ र ६ को मतदानको मतपरिणाम आउने क्रम जारी रहेको छ ।मनाङमा एमाले विजयीमनाङ। चामे गाउँपालिकाको अध्यक्षमा नेकपा ९एमाले०का लोकेन्द्रबहादुरघले २१४ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी अनिता लामाले १७३ मत प्राप्त गर्नुभएको छ । सो गाउँपालिकाको उपाध्यक्षमा काँग्रेसका मुनिन्द्रजङ गुरुङले १६९ मत ल्याई विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेकी किटनीदेवी गुरुङले १६० मत प्राप्त गर्नुभयो ।
यस्तै नेच्याङ गाउँपालिकाको अध्यक्षमा नेकपा ९एमाले०का कान्छा घले ६२७ मत ल्याई विजयी हुनुभएको छ। उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका विनोद गुरुङले ४६१ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा एमालेकामेङ्खु गुरुङले ६११ मत प्राप्त गरी विजयी हुनुभयो भने काँग्रेसका छिरिङ अङ्गमा गुरुङ घलेले ५०५ मत प्राप्त गर्नुभयो ।यसैगरी नासङ गाउँपालिकाको अध्यक्षमा काँग्रेसका चन्द्र घले ५८४ मतसहित विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका मनबहादुर गुरुङले ४८५ मत प्राप्त गर्नुभयो ।
उपाध्यक्षमा काँग्रेसकी कमलमाया गुरुङ ५४६ मत ल्याई विजयी हुनुभयो भने नेकपा९माओवादी केन्द्र०का वेदबहादुर गुरुङले ४६४ मत प्राप्त गर्नुभयो ।गोठीचौर गाउँपालिकामा माओवादी विजयीजुम्ला । गोठीचौर गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का हरिबहादुर भण्डारी विजयी हुनु भएको छ ।भण्डारी प्रदेश नं ६ अन्तर्गत सम्पन्न निर्वाचनमा विजयी हुने पहिलो अध्यक्ष हुनुहुन्छ ।
भण्डारीले खसेको तीन हजार ९६६ मतमध्ये एक हजार ५९६ मत ल्याएर विजयी हुनु भएको निर्वाचन अधिकृत मोहनसागर बस्याललेजानकारी दिनुभयो । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का क्षेत्रबहादुर भण्डारीले एक हजार ४६७ मत ल्याएर पराजित हुनुभयो ।त्यस्तै उपाध्यक्षमा पनि माओवादी केन्द्रकै जानुदेवी ऐडीले एक हजार ५८६ मत ल्याएर विजयी हुनु भएको छ ।
उपाध्यक्षमा उहाँका प्रतिद्वन्द्वी धनरुपाबुढाले एक हजार ३६५ मत ल्याउनु भएको थियो ।गोठीचौर १, २ र ३ को वडा अध्यक्षमा क्रमशः नेकपा (एमाले)का गणेश ऐडी, पृथ्वीबहादुर बुढा, प्रेमबहादुर बुढाले विजय हात पार्नु भएको छ । त्यसैगरी, ४ र ५ नं वडाको वडाध्यक्षमा माओवादी केन्द्रका जगप्रसाद जैसी र चन्द्रबहादुर नेपालीले जित हासिल गर्नु भएको निर्वाचन अधिकृत बस्यालले बताउनुभयो । उक्त गाउँपालिकामा कुल जम्मा चार हजार ८२३ मतदाता सङ्ख्या थियो ।
मालीका– १ मा काँग्रेस विजयीम्याग्दी। मालीका गाउँपालीका– १ वडाध्यक्षमा नेपाली काँग्रेसका टङ्क पुन ४५१ मत ल्याई निर्वाचित हुनुभएको छ ।उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का वुद्धीबहादुर पुनले २६४ र नेकपा (माओवादी केन्द्र)का गोविन सिउथानीले १३५ मत प्राप्त गर्नुभएको छ ।सो गाउँपालिकाको वडा सदस्यमा समेत काँग्रेसकै मनरुपा पुनमगर, मनकुमारी कामी, दिलकुमारी पुन र लोकबहादुर मल्ल विजयी हुनुभएको छ । यहाँ एक हजार ३३७ मतदाता रहेकामा ९०७ जनाले मतदान गर्नुभएको थियो ।
यस्तै मालीका गाउँपालीकाको अध्यक्षमा काँग्रेसका श्रीप्रसाद रोकाले ४५१, एमालेका बेगप्रसाद गर्बुजाले २६७ र माओवादी केन्द्रका कमल केसीले १३८ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा काँग्रेसका विमला रोकाले ४५३, एमालेका खरमाया बिटालुले २६७ र माओवादी केन्द्रका गौरी सेञ्चुरीले १४१ मत प्राप्त गर्नुभएको छ ।डोल्पाका दुई गाउँपालिका प्रमुखमा माओवादी विजयीडोल्पा, १ जेठ – माओवादी केन्द्रले डोल्पाका दुई गाउँपालिका जितेको छ ।
मुड्केचुला र जगदुल्ला गाउँपालिकामा माओवादीले जितेको हो |-मुड्केचुलाको प्रमुखमा माओवादीका दत्तबहादुर शाही९३३ मत- जगदुल्ला गाउँपालिकाको प्रमुखमा माओवादीका नरसिंह रोकाय ५५६ मतसहित विजयीअन्नपूर्ण २ मा माओवादी केन्द्र विजयीम्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीको वडा अध्यक्ष र सदस्यहरुमा नेकपा (माओवादी केन्द्र)का उमेद्वार विजयी भएका छन् ।
केन्द्रका ओमबहादुर फगामीले २१३ मत ल्याएर वडा अध्यक्षमा निर्वाचित हुनुभएको हो । महिला सदस्यमा टेकमाया पुन (२०५), दलित महिला सदस्यमा विष्णुकुमारी परियार (२१७), खुल्ला सदस्यमा बुद्धीबहादुर पुन (२०३)र वीरबहादुर पौडेल (१९९¬) प्राप्त गरी निर्वाचित हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।दुईवटा मतदान केन्द्र र ५४३ जना मतदाता रहेको भुरुङ तातोपानीमा ४१० मत खसेकोमा आठ मत बदर भएको थियो ।मेलम्ची नगरपालिका– १ मा एमाले विजयीमेलम्ची।
मेलम्ची नगरपालिका– १ को वडाध्यक्षमा नेकपा (एमाले)का कृष्णप्रसाद चौलागाई ८४१ मत प्राप्त गरेर विजयी हुनुभएको छ ।उहाँका निकटम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका बद्री चौलागाईले ४३२ मत प्राप्त गर्नुभयो । सो वडामाएमालेको पुरै प्यानल विजयी भएको छ ।यस्तै मेलम्ची नगरपालिकाको नगर प्रमुखमा नेकपा (एमाले)का डम्मर अर्यालले ८०५, नेकपा (माओवादी केन्द्र्र)का श्याम खड्काले ५१५, राप्रपाका फणिन्द्र दाहालले ३३९ र नेपाली काँग्रेसका आइतमान तामाङले ३०० मत प्राप्त गर्नुभएको छ ।
यस्तै नगर उपप्रमुखमा नेकपा (एमाले)का भगवती नेपालले ८३१, नेकपा (माओवादी केन्द्र)का मुनादेवी ढकालले ४२८, राप्रपाका कुमारी तामाङले ३६० र नेपाली काँग्रेसका सविता गुरुङले २६० मत प्राप्त गर्नुभएकोनिर्वाचन अधिकृत सुरेन्द्र थापाले जानकारी दिनुभयो ।डोल्पाको काइकेमा एमाले विजयीडोल्पा। काइके गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का अङ्गत राना ९२० मत ल्याएर विजयी हुनुभएको छ ।
उहाँका निकटम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका हिरा रोकायाले ८० मत प्राप्त गर्नुभएको छ । यस्तै उपाध्यक्षमा राप्रपाका कुञ्जन बुढा ९१५ मत ल्याई विजयी हुनुभएको छ भने काँग्रेसका हिमाली रोकायाले ६३ मत प्राप्त गर्नुभएको छ ।यस्तै ठूलीभेरी नगरपालिका– १ मा राप्रपाका बागबहादुर महतारा वडाध्यक्षमा विजयी हुनुभएको छ । ठूलीभेरी नगरपालिका– २ मा नेकपा (एमाले)का देवी रोकाया वडाध्यक्षमा विजयी हुनुभएको छ ।रोशी गाउँपालिका १२ नं वडामा माओवादी केन्द्र विजयीधुलिखेल।
काभ्रेपलाञ्चोक,रोशी गाउँपालिका १२ नं वडा भीमखोरीमा नेकपा (माओवादी केन्द्र)को समूह नै विजयी भएको छ ।माओवादी केन्द्रबाट वडाध्यक्षका उम्मेदवार रामबहादुर मोक्तान तीन सय ४५ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन अधिकृत गणेश आचार्यले जानकारी दिनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका बिलाराम मोक्तानले दुई सय पाँच र नेकपा(एमाले)का लीलाराम मोक्तानले एक सय चार मत प्राप्त गर्नुभएको छ । सो वडामा सात सय १७ मत खसेको थियो ।
त्यस्तै सोही गाउँपालिकामा माओवादी केन्द्रबाट अध्यक्षका उम्मेदवारले दुई सय ९०, काँग्रेसका उम्मेदवारले दुई सय ५४ र एमालेका उम्मेदवारले एक सय २५ मत प्राप्त गर्नुभएको छ । अहिले सो गाउँपालिकाको वडा नंं १० र ११ को मतगणना जारी छ ।वारेकोट गाउँपालिका–९ मा गौतम विजयीजाजरकोट। स्थानीय तह निर्वाचनअन्तर्गत वारेकोट गाउँपालिका वडा नं ९ का अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार शशिराम गौतम विजयी हुनुभएको छ ।सदस्यमा मनमाया बुढा दुई सय ४०, कुमारी नेपाली दुई सय४३, धनबहादुर महतारा दुई सय ४५ र मनबहादुर नेपाली दुईसय ४५ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
कञ्जोस्यममा माओवादी केन्द्रका सन्तलाल तामाङ विजयीललितपुर। ललितपुरको कञ्जोस्यम गाउँपालिका वडा नं १को अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र)का सन्तलाल तामाङ विजयी हुनुभएको छ ।अन्तिम मत परिणामअनुसार ३५४ मत प्राप्त गरी विजयी हुनुभएको हो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का तेजबहादुर लामाले २८० मत प्राप्त गर्नुभएको थियो । प्राप्त मत परिणामअनसार सदस्यहरुमा तामाङकै समूहका वीरबहादुर थिङ, लालबहादुर थिङ, सुमित्रा नेपाली, डोल्मा लामा विजयी हुनुभएको छ ।
अन्नपूर्ण–१ मा एमाले विजयीम्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवामा नेकपा (एमाले)का दिलीप गर्बुजाले ३४१ मत प्राप्त गरी वडा अध्यक्षमा निर्वाचित हुनुभएको छनिर्वाचन अधिकृतको कार्यालयका अनुसार एमालेकै महिला सदस्यमा बोमाया गर्बुजा, दलित महिला सदस्यमा शोभा विक, खुल्ला वडा सदस्यमा अमृत गर्बुजा र कुलप्र्रसाद पुर्जा विजयी हुनुभएको छ ।दोवाबाट गाउँपालिकामा अध्यक्षमा एमालेका नारायण पुनले ३३४, काँग्रेसका डमबहादुर पुनले २१०, उपाध्यक्षमा एमालेकी दुर्गादेवी पाइजाले ३३६, काँग्रेसकी केशमाया मगरले २०४ मत प्राप्त गर्नुभएकोछ ।
वडा अध्यक्षमा काँग्रेसका प्रत्यासी कमल पुनले २०३ मत प्राप्त गर्नुभएको थियो ।मेघाङ–१ मा एमालेका दलसिंह तामाङको समूह विजयीनुवाकोट। मेघाङ गाउँपालिकाको वडा नं १ मा वडाध्यक्षसहित सदस्यहरुमा नेकपा (एमाले)को समूह विजयी भएको छ ।आइतबार भएको मतदानको मत परिणामअनुसार वडाध्यक्षमा एमालेका उम्मेदवार दलसिंह तामाङले ९२ मत प्राप्त गरी विजयी हुनुभएको छ ।महिला सदस्यमा सुनमायाँ तामाङ ८९, दलित महिला सदस्यमा पद्मकुमारी दमिनी ८६ र खुला सदस्यहरुमा घोसे घले ८७ र पूर्णबहादुर तामाङले ९१ मत ल्याएर विजयी भएका छन् ।सो गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (एमाले)ले ९०, नेकपा (माओवादी केन्द्र)ले ६१ र नेपाली काँग्रेसले ४६ मत प्राप्त गरेका छन् ।
गाउँपालिकाको मतगणना जारीरहेकोे निर्वाचन अधिकृत कमलराज ढकालले जानकारी दिनुभयो ।मनाङको नेस्र्याङ गाउँपालिकामा एमाले विजयीपोखरा। मनाङको नेस्र्याङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा नेकपा (एमाले) विजयी भएको छ ।निर्वाचन अधिकृत उदवीर नेपालीका अनुसार नेकपा (एमाले)का अध्यक्ष पदका उम्मेदवार कान्छा घलेले ६२७ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका विनोद गुरुङले ४६१ मत प्राप्त गर्नुभएको छ ।यस्तै उपाध्यक्षमा एमालेकै मेङ्खु गुरुङ ६११ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका छिरिङ गुरुङले ५०५ मत प्राप्त गर्नुभएको छ ।नौ वटा वडा भएको सो गाउँपालिकाको वडा नं १, २, ४, ८ मा वडाध्यक्षसहित सबैमा नेकपा एमाले, वडा नं ५ मा नेपाली काँग्रेस, वडा नं ६ को वडाध्यक्षमा राप्रपा र अरु सबै एमाले विजयी भएका छन् ।
वडा नं ९, ३ र ७ मा भने यसअघि नै निर्विरोध निर्वाचित भएका थिए ।कुल दुई हजार ८२५ मतदाता भएको नेस्र्याङ गाउँपालिकामा एक हजार १८४ मत खसेको थियो ।लेकबेंसी–१ मा एमालेका पुन विजयीसुर्खेत। लेकबेसी नगरपालिका–१ मा नेकपा (एमाले) र राष्ट्रिय जनमोर्चाको संयुक्त समूह विजयी भएको छ ।मतपरिणामानुसार एमालेका मानबहादुर पुनले सात सय ९८ मत प्राप्त गरेर वडाध्यक्षमा विजयी हुनुभएको छ । पुनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका हरिमान घलेले चार सय ४० र नेकपा(माओवादी केन्द्र)का धनबहादुर ठाडाले दुई ३३ मत प्राप्त गर्नुभएको छ । त्यस्तै सदस्यमा भवानी कँडेल, नरबहादुर फौजा र टीका पौडेल विजयी हुनुभएको छ ।
सुर्खेत भेरी गङ्गानगरपालिकाको वडा नं १ मा नेकपा (माओवादी केन्द्र)को प्यानलै विजयी भएको छ ।माओवादी केन्द्रका वडाध्यक्ष पदका उम्मेदवार नवराज कार्कीले २७६ मत प्राप्त गरी विजयी भएका हुन् । सोही दलका सदस्यहरु रजना बुढा, दुर्गा सार्की, नरबहादुर बुढा र हरिबहादुर थापा पनि विजयी भएका छन् ।वडाध्यक्ष पदका प्रत्यासी नेपाली काग्रेसका दिनेश पुलामीले २३९ र नेकपा एमालेका पदमबहादुर वलीले २०० मत प्राप्त गरेका छन् |

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *